११औं छपेली कप ७ ए साइड नकआउट फुटबल प्रतियोगिता शुरु

डुम्रे : एघारौँ छपेली कप खुल्ला ७ ए साइड नकआउट फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । उद्घाटन खेलमा आयोजक छपेली ‘बी’ लाई पराजित गर्दै लमजुङको नरुबाङमा रहेको मिनाम लाङघाली क्लब दोस्रो चरणमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा मिनाम लाङघाली क्लबले आयोजक छपेली ‘बी’ लाई पराजित गरेको खेल संयोजक मदन थापाले जानकारी दिए । खेलको ‘म्यान अफ दि म्याच’ मिनाम लाङघाली क्लबका सन्दिप आले मगर घोषित भए ।

‘सामाजिक अन्तरसम्बन्धका लागि खेलकुद’ भन्ने मूल नाराका साथ छपेली सांस्कृतिक युवा क्लब, बन्दिपुर गाउँपालिका–१, छापलेद्वारा प्रतियोगिताको आयोजना गरिएको हो। छपेली सांस्कृतिक युवा क्लबका अध्यक्ष अमर शाहीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले शुभारम्भ गर्दै खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै खेलाडीलाई अनुशासित ढंगले खेल खेल्न र आपसी सद्भाव तथा समन्वय कायम गर्न आग्रह गरिन ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं छपेली सांस्कृतिक युवा क्लबका संस्थापक अध्यक्ष पूर्णसिंह थापाले क्लबले निरन्तर खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बताउँदै डुम्रे–बन्दीपुर दौड प्रतियोगिता सञ्चालन गर्न सुझाव दिए । साथै उनले २०५२ सालमा स्थापना भएको क्लबले सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान गर्दै आएको जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार रु. १ लाख ३३ हजार १३३ र द्वितीय पुरस्कार रु. ६६ हजार १६६ रहेको आयोजक क्लबका पूर्व अध्यक्ष तथा बन्दिपुर–१ का वडा सदस्य विजय रानाले जानकारी दिए । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, म्यान अफ दि म्याचलाई विशेष पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको फाइनल खेल आगामी माघ १ गते सम्पन्न हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ । बन्दीपुर गाउँपालिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ भने मनास्लु स्कुल सह–प्रायोजक रहेको आयोजकले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker