१७औं भानु कप : उपाधिका लागि लिभिक र च्याङ्ली बीच फाइनल प्रतिस्पर्धा

भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा जारी भानु कपको १७औं संस्करणमा तनहुँको लिभिक कन्स्ट्रक्सन र गोरखाको च्याङ्ली स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेका छन् ।
भन्सार युवा क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिताको शनिबार सम्पन्न सेमिफाइनलमा भानुको फ्रेन्डशिप युवा क्लबलाई पराजित गर्दै शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन फाइनलमा प्रवेश गरेको हो ।
उक्त खेलमा लिभिक १–० ले विजयी भएको प्रतियोगिताका प्रचारप्रसार संयोजक राजेश कार्कीले जानकारी दिए । त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा सूर्यपुर एफसी चितवनलाई २–० ले पराजित गर्दै च्याङ्ली फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।
भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा २४ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजेताले रु दुई लाख ५० हजार २११ नगद र उपविजेताले रु एक लाख २५ हजार २११ सहित ट्रफी प्राप्त गर्नेछ। त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई समूहलाई रु २५ हजार २११ प्रदान गरिने क्लबले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार २११, उत्कृष्ट गोलरक्षकलाई नगद रु पाँच हजार २११ र  सर्वाधिक गोलकर्तालाई नगद रु पाँच हजार २११ प्रदान गरिनेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker