तनहुँसहित ८ जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी मनोनयन

तनहुँ : गण्डकी प्रदेशका तनहुँ सहित आठ जिल्लामा खेलकुद विकास समितिहरूले नयाँ पदाधिकारी पाएका छन् । गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा गण्डकी प्रदेश खेलकुद परिषद्को सभाकक्षमा आयोजित कार्यक्रममा पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको थियो ।
समाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले परिषद्का सदस्य सचिव श्रीधर शर्माले पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरू गत फागुन ९ गते रिक्त भएका थिए ।
मन्त्रालयले प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ६ जिल्लामा अध्यक्षसहित कोषाध्यक्षको जिम्मेवारी पाएको छ भने सरकारमा सहकार्य गरिरहेको नेकपा एमालेले ५ जिल्लामा अध्यक्ष र कोषाध्यक्ष पाउने गरी सहमति अनुसार पदाधिकारी मनोनयन गरिएको हो । नेपाली कांग्रेसले ५ जिल्लामा उपाध्यक्ष र सचिवको जिम्मेवारी लिएको छ भने नेकपा एमालेले ६ जिल्लामा उपाध्यक्ष र सचिवसहित पदाधिकारी मनोनयन गरेको छ ।
मन्त्रालयले तनहुँको अध्यक्षमा अनिल पाण्डे (पुनः दोहोरिएका), उपाध्यक्षमा इनकन पोख्रेल खनाल, सचिव विश्व कुमार बुढा, कोषाध्यक्ष कविराज श्रेष्ठलाई मनोनित गरिएको छ ।
गोरखाको अध्यक्षमा प्रेम बहादुर तामाङ, उपाध्यक्षमा मकेश बानियाँ, सचिवमा अमृता गुरूङ, कोषाध्यक्षमा होम बहादुर थापा मगर चयन भएका छन् भने लमजुङमा अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा अमृता पौडेल, सचिवमा मिन प्रसाद घले, कोषाध्यक्षमा रवि थापा चयन भएका छन् ।
यस्तै, कास्कीमा अध्यक्षमा मिलन गुरूङ, उपाध्यक्षमा तिलक अधिकारी क्षेत्री, सचिवमा अन्जु केसी, कोषाध्यक्षमा विग्नेश थापा चयन भएका छन् । स्याङ्जाको अध्यक्षमा प्रकाश रेग्मी (पुनः दोहोरिएका), उपाध्यक्षमा विजय विक्रम खाँड, सचिवमा विद्यादेवी भट्टराई, कोषाध्यक्षमा धिरज खाँड चयन भएका छन् ।
पर्वत जिल्ला अध्यक्षमा जङ्ग बहादुर पुन मगर, उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन मगर र कोषाध्यक्षमा जगत प्रसाद लामिछाने चयन भएका छन् । बागलुङ अध्यक्षमा भने निर्णय हुन बाँकी रहेको छ भने उपाध्यक्षमा कल्पना श्रेष्ठ, सचिवमा किशोर थापा, कोषाध्यक्ष पनि निर्णय हुन बाँकी रहेको जनाइएको छ ।
मन्त्रालयले म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा विष्णु कुमार रोक्का, सचिव कुमार किशान र कोषाध्यक्षमा नरेश पुनलाई चयन गरेको छ । नवलपुर जिल्लाका सम्पूर्ण पदाधिकारीको निर्णय हुन बाँकी रहेको जनाइएको छ ।
यस्तै, कार्यक्रममा मन्त्री थापाले मनोनित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । पालिका हुँदै जिल्ला स्तरमा उत्कृष्ट खेलाडी छनोट गर्नुपर्ने भएकाले जिल्लाहरूले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनले बताए । मन्त्री थापाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराए ।
प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोज कुमार गुरूङले जिल्ला खेलकुद समितिहरूले आफ्नो जिम्मेवारी गम्भीरताका साथ निर्वाह गर्नुपर्ने बताए। परिषद्का महाशाखा प्रमुख राम प्रसाद आचार्यले नव–मनोनित पदाधिकारीहरूलाई अभिमुखीकरण गराएका थिए । नयाँ नेतृत्व चयनसँगै गण्डकी प्रदेशको खेलकुद विकासले गति लिने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker