स्रोत नखुलेको रकम सहित पक्राउ परेकालाई राजश्व अनुसन्धान विभाग बुझाइयो

दमौली । तनहुँको दमौली बजारमा स्रोत नखुलेको करिब १२ लाख रुपैयाँ नगद सहित पक्राउ परेका दुई जनालाई अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग काठमाडौ बुझाइएको छ ।
व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट पक्राउ परेका रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ स्थायी घर भई हाल काठमाडौ चन्द्रागिरी नगरपालिका–१० बस्ने २५ वर्षीय सुसान केसी र सोही ठाउँका २० वर्षीय लक्ष्मण केसीलाई बिहीबार राजश्व अनुसन्धान विभाग बुझाइएको तनहुँ प्रहरीले बताएको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।
लक्ष्मण केसीले चलाएको बा ५७ प ७५०६ नं. को बुलेट मोटरसाइकल रोकी जाँच गर्ने क्रममा प्रहरीले बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले एक हजार रुपैयाँका ३६५ थान र पाँच सय रुपैयाँका एक हजार छ सय नोट बरामद गरेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker