तनहुँको व्यासमा १० सहित ११ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँमा आज ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणमा व्यास नगरपालिकाका १० जना र ठेगाना नखुलेकी एक २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएकी हुन । उनि प्रतिष्ठानको प्रि-आइसोलेसनमा बसेकी छिन ।

यस्तै, सार्वजनिक विवरण अनुसार व्यास-१ का ४३, ३१ वर्षीय पुरुष र १७ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।

व्यास-२ का ३८ वर्षीय पुरुष, व्यास-५ का ३२ वर्षीय पुरुष, व्यास-४ का १० वर्षीय बालक र व्यास-४ कै ५, ६१, ३० र १३ वर्षीया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् । संक्रमित सबै कन्ट्याक्ट ट्रसिङबाट पहिचान भएका हुन् ।

६५ वर्षीय पुरुषको मृत्यु

तनहुँको ब्यास नगरपालिका-३ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गण्डकी मेडिकल कलेज, पोखराको भेन्टिलेटरमा उपचारका क्रममा आज दिउँसो ११:५० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय जनाएको छ ।

मृतक पुरुषमा कोरोनाको संक्रमणका साथै मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ । यी सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तनहुँमा ९ जना पुगेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker