आँवुखैरेनीका १६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । छ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँपालिकाले मङ्गलबार परिचयपत्र वितरण गरेको हो ।

१६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको स्वास्थ्य शाखाका सहायक प्रमोद साहले जानकारी दिए । गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिन् ।

तीन जनालाई रातो, दश जनालाई निलो र तीन जनालाई पहिलो परिचयपत्र वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, वडा नम्बर ३ का वडा अध्यक्ष दिनेश केसी, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, सूचना अधिकृत निरोज श्रेष्ठको उपस्थिति थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker