व्यास नगरपालिकाको प्रमुखमा नेकपा एसबाट चार जनाको नाम सिफारिस

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एकीकृत समाजवादीले व्यास नगरपालिकाको प्रमुख उम्मेदवारका रुपमा चार जनाको नाम सिफारिस गरेको छ । पार्टीको व्यास नगर कमिटीको सोमबार बसेको बैठकले पार्टी जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, सचिव श्रीराम कार्की, व्यास-४ का वडाध्यक्ष विश्वराज न्यौपाने र दिननाथ लम्सालको नाम सिफारिस गरेको हो ।

पार्टी व्यास नगर अध्यक्ष मंगलप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पार्टीका तर्फबाट नगर उपप्रमुखमा मनुमाया श्रेष्ठ, कला पुन र विष्णु खड्काको नाम सिफारिस गरिएको उल्लेख छ । पार्टीले १४ वटै वडामा वडाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ ।

व्यास-१ को वडाध्यक्षमा दिपबहादुर श्रेष्ठ र श्रीप्रसाद न्यौपाने, व्यास-२ को वडाध्यक्षमा श्रीप्रसाद भट्टराइ र हरि कार्की, व्यास-३ को वडाध्यक्षमा मंगलप्रसाद श्रेष्ठ तथा व्यास-४ को वडाध्यक्षमा विष्णुप्रसाद दुरालाई पार्टीले सिफारिस गरेको छ ।

यसैगरी, व्यास-५ को वडाध्यक्षमा रामलाल श्रेष्ठ र कृष्ण पुन, व्यास-६ मा लाल बहादुर पन्थ, व्यास-७ मा किनलाल श्रेष्ठ, मधु श्रेष्ठ, व्यास-८ मा राम बहादुर केसी, व्यास-९ मा विष्णु बहादुर अधिकारी, राजु आचार्य, सूर्य बहादुर भण्डारी, कल्याण अधिकारी, व्यास-१० मा हिर परियार, हिरामान परियार, व्यास-११ मा रनसिंह नेपाली, सोम बहादुर गुरुङ, झलकराम पौडेल, कल्पना नेपाली, बेलकुमारी अधिकारी, व्यास-१२ मा बद्रीनाथ तिवारी, मिठ बहादुर खत्री, व्यास-१३ तिर्थ बहादुर आले र व्यास १४ मा हेम बहादुर थापा, ज्ञान बहादुर थापा, थान बहादुर थापा (प्रेम)को नाम पार्टीले सिफारिस गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker