तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद फैसला

तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो । साथै निजविरुद्ध रु एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
परिवर्तित नाम २०७८/७९ चबहादुरले निजविरुद्ध जाहेरी दिनुभएको थियो । प्रहरीले प्रतिवादीविरुद्ध विसं २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो ।
यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो । सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker