तनहुँको मालपोत कार्यालय परिसरमा सरसफाई

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको मालपोत कार्यालय परिसरमा सरसफाई गरिएको छ । जग्गा प्रशासन तथा लिखत पारितको शतवार्षिकीको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालय तनहुँले कार्यालय परिसरमा सरसफाई गरेको हो ।

वि.सं. १९९७ साल बैशाख १ गतेदेखि पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भई एक सय वर्षको गौरवपूर्ण इतिहास पार गरेको अवसरमा शतवार्षिकी कार्यक्रम मनाइएको मालपोत अधिकृत खेम बहादुर खत्रीले बताए ।

उनले भने, ‘प्राचिन ऋषिमुनीहरुको कालदेखि नै राज्यको आयको प्रमुख स्रोत नै जग्गा रहेको र कर उठाएर राज्य सञ्चालन भएको तथ्यहरु भेटिन्छन । अहिले आधुनिकतासंगै कर उठाउने व्यवस्थामा सुधार आएको छ ।’

कार्यक्रममा लेखापढी व्यावसायी जिल्ला कार्यसमितिका अध्यक्ष सरयु पौडेल, निवर्तमान केन्द्रीय उपाध्यक्ष माया सोती, गण्डकी प्रदेश समिति सदस्य नरबहादुर रानभाट, विजय अधिकारी लगायतले कार्यालयले सेवाग्राहीलाई अनलाइन प्रणालीमार्फत सहज रुपमा सेवा प्रदान गरेको र छोटो समयामा नै कार्यालयको मुहार फेरिएको चर्चा गरेका थिए ।

कर्मचारी झलक विकले स्वागत गरेको कार्यक्रको संचालन टिका घोरासाइनीले गरेका थिए । सरसफाइ कार्यक्रममा मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker