तनहुँ उद्योग वाणिज्य संघको सबै पदमा सर्वसम्मत

तनहुँ उद्योग वाणिज्य संघको सबै पदमा सर्वसम्मत गरी नयाँ नेतृत्व चयन गरिएको छ । संघको गत पुस २८ गतेबाट सुरु भएको १७औं अविधेशनले बुधबार प्रथम र द्धितीय उपाध्यक्ष पदमा पनि सहमति गरेसंगै सबै पद र्सवसम्मत निर्वाचित गरिएको हो ।

संघको नयाँ नेतृत्वका लागि अन्य पदमा यसअघि नै सहमति भएपनि प्रथम र द्वितीय उपाध्यक्ष पदमा सहमति जुटेको थिएन ।

उम्मेदवारी फिर्ता लिने अन्तिम दिन बुधबार संघको प्रथम उपाध्यक्षमा कुमार मल्ल र द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठमा सहमति जुटेपछि मल्ल र श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । मल्ल यसअघि द्वितीय उपाध्यक्ष र श्रेष्ठ कोषाध्यक्ष थिए ।

प्रथम उपाध्यक्षमा सुरेश पुरी र राजकुमार श्रेष्ठ (राकु)ले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै द्वितीय उपाध्यक्षमा शिवओम मल्ल र शकुन्तला आलेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए ।

संयोजक हड्खलेका अनुसार संघको अध्यक्षमा वैकुण्ठनाथ मिश्र, वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल, कोषाध्यक्षमा भिमलाल श्रेष्ठ र वस्तुगत सदस्यमा निर्माण व्यवसायी संघबाट सुवर्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

संघको नेतृत्व सर्वसम्मत निर्वाचित गराउनका लागि वरिष्ठ उपाध्यक्ष पद थप गरी पूर्व अध्यक्षहरुले पहल गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker