तनहुँका जनप्रतिनिधिद्वारा सवारी साधन फिर्ता गर्न सुरुआत गरे

तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उहाँहरुले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गर्नुभएको हो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गर्नुभएको हो । उहाँहरु दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी हुनुहुन्छ ।

शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग१झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गर्नुभएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गर्नुभयो ।

उहाँले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस शुक्लागण्डकीले उहाँसहित दश जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।

उहाँले अब नगरप्रमुखको उम्मेदवार नभए पनि सरकारी सवारी प्रयोग नगर्ने बताउनुभयो । निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उहाँले बताउनुभयो । निर्वाचन नजिकिएकाले नगरपालिकाको सवारी प्रयोग नगर्ने गरी फिर्ता गरेको भन्दै उहाँले अब मेयरको उम्मेदवार भए पनि नभए पनि सवारीको सुविधा नलिने प्रष्ट पार्नुभयो ।

यसैगरी भीमाद–९ का वडाध्यक्ष इमानबहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गर्नुभएको छ । उहाँले आफूले प्रयोग आएको ग१ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गर्नुभएको हो ।

निर्वाचनका बेला सरकारी सवारी चढ्न उपयुक्त नहुने भएकाले फिर्ता गरेको उहाँले बताउनुभयो । वडाको कामकाजका लागि पनि अब सरकारी मोटरसाइकल प्रयोग नगर्ने निर्णय गरेर फिर्ता गरेको उहाँले बताउनुभयो ।

यसैगरी शुक्लागण्डकीका प्रवक्ता खिमबहादुर कुमालले आफूले चढ्दै आएको ग१ब ७४६ नम्बरको मोटरसाइकल नगरपालिकालाई फिर्ता गर्नुभएको छ । अब चुनाव केन्द्रित गतिविधिमा लाग्नुपर्ने भएकाले सरकारी सेवा सुविधाको दुरुपयोग गर्न नहुने बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker