व्यास नगरपालिकाद्वारा डकर्मीलाई भूकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धी तालिम

भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले डकर्मीहरुलाई भूकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धी तालिम सञ्चालन गरेको छ । नगरपालिकाले भवन नियमन तथा घरनक्शा पास शाखाको समन्वयमा २२ जना डकर्मीहरुलाई पाँच दिने उक्त तालिम प्रदान गरेको हो ।

तालिममा इ. अमृत के.सी, इ. प्रविण कैनी, जु.इ. भगवान जोशी तथा जु.इ. सञ्जय तिमल्सेनाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा अपनाउनुपर्ने सावधानी, निर्माण सामाग्रिको प्रयोग लगायतका विषयमा सहजिकरण गरेका थिए ।

निर्माणकर्मीहरुलाई तालिममा भूकम्प सम्बन्धी आधारभूत जानकारी, घरको आकार प्रकार, निर्माण गुणस्तर र निर्माण सामग्रीको गुणस्तर, पिलरवाला भवन निर्माणको सैदान्तिक ज्ञान, पिलरवाल भवनका मुख्य अंगहरु जग, र्टाई बिम, पिलर, सिल ब्याण्ड, बिम, स्लाब, भर्‍याङ्ग जस्ता भागहरुको अभ्यास गराइएको थियो ।

तालिममा राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयनमा डकर्मीको भूमिका, भवन निर्माण मापदण्ड तथा नक्सा पास प्रक्रियाका विषयमा जानकारी गराइएको थियो।

यस्तै, प्रमुख प्रसासकीय अधिकृत गंगा लाल सुबेदी को अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने, भवन नियमन तथा घरनक्सा पास शाखाका प्रमुख इ. अमृत केसी, निर्माण स्वोरोजगार समितिका प्रतिनिधि लगायतले सहभागिहरुलाई तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker