प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

- भञ्ज्याङ समाचारदाता (दमौली)
रोट्रयाक्ट क्लब अफ दमौलीले प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले सम्बोधन गर्दै घाइते वा बिरामीलाई सम्बन्धित उपचार केन्द्रमा पुर्याउनु अघि बिरामीको थप स्वास्थ्य बिग्रन नदिन गरिने प्राथमिक स्वास्थ्य उपचारले नै बिरामीको जीवन जोगाउन सहयोग पुर्याउने हुँदा प्रशिक्षणको महत्व रहेको बताए ।
क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक तथा प्रशिक्षक कृष्णचन्द्र पाण्डे, रोटरी क्ल्ब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी, रोट्रयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष मनोज राउत, उपाध्यक्ष सुस्मा श्रेष्ठ, कार्यक्रम संयोजक श्रीराम गन्दर्भ, सहभागी विद्यालयका तर्फबाट सत्यवति माविका शिक्षक प्रमोद पौडेल लगायतले प्रथमिक उपचारको महत्व र आवश्यकाताका विषयमा चर्चा गरेका थिए । सो प्रशिक्षण कार्यक्रममा व्यास नगरपालिका भित्रका ७ वटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थी सहभागी रहेका थिए ।










