दमौलीबाट ११ जना विप्लव नेता पक्राउ, प्रहरीले स्कर्टिङ गरि यातायात सन्चालन
भञ्ज्याङ न्यूज

तनहुँ प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ११ नेता पक्राउ गरेको छ । बिहान करिब साढे ५ बजे बन्द गराउन हिडेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पार्टीका जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओमविक्रम पन्त लगायत नेता कार्यकर्ता दमौली ट्राफिक चोकबाट पक्राउ परेको पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य पूर्णजित पुन उभारले जानकारी गराएका छन ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध शान्तिपूर्ण बन्दको तयारी हुँदै गर्दा नेता कार्यकर्तालाई पक्राउ गरिएको उनले बताए ।
यस्तै, जिल्लामा बन्दको प्रभाव पर्न नदिन तनहुँ प्रहरीले राजमार्गमा स्कर्टिङ गरि यातायातका साधन सन्चालनमा ल्याएको छ ।










