सरकारी निकायको सेवा सहज बनाउँछु : प्रजिअ अर्याल

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाका सरकारी निकायको सेवा प्रवाहलाई सहज बनाउन पहल गर्ने बताएका छन् । हालै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका प्रजिअ अर्यालले बुधबार पत्रकारहरुसंग अन्तरक्रिया गर्दै मालपोत, कर कार्यालय लगायतको सेवा सुधारमा पहल गर्ने बताएका हुन् । मालपोत कार्यालयमा अहिले पनि सेवाग्राहीले बिचौलियाको सहारा नलिइ सहज काम लिन नसकेको सेवाग्राहीको गुनासो बढिरहेको र कर कार्यालयमा पनि सहजतापूर्वक सेवा प्रवाह नभएको गुनासो बढ्पछि ती कार्यालयको सेवा प्रवाहलाई सहज बनाउन पहल गर्ने उनले बताएका छन् ।

भीडभाड हुने कार्यालयको सेवामा सुधार ल्याउन जति प्रशासक आए पनि खास प्रगति नभएको पत्रकारहरुको जिज्ञासामा प्रजिअ अर्यालले दक्षता र अनुभव जिल्लावासीले चासो र व्यग्रतापूर्वक नियालीरहेका र त्यसको अनुभूति गराउन आफु लागि पर्ने बताएका छन् ।

यस्तै, चाडपर्व नजिकिदै गर्दा हुन सक्ने चोरी, डकैती, दुर्घटना जस्ता घट्नालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई मजबूद बनाउने योजना बनाइएको उनले बताए । जनताको काम प्राथामिकतामा राखेर काम गर्ने बताउँदै उनले जिल्लाबाट नागरिकहरुलाई प्रवाह गरिने कार्यलाई चुस्त दुरुस्त पार्दै दुःख पाउने किसिमको वातावरण भए सुधार गर्दै अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।

पृथ्वीराजमार्ग सडकको अवस्था जोखिमपूर्ण रहेको औल्याउँदै सडक डिभिजन कार्यालयलाई निर्देशन दिएर सुधार गर्न लगाउने उनले बताए । दशै र तिहारमा ग्राहकहरु नठगिने गरी सुपथ मूल्यका पसल सञ्चालन गर्ने योजना रहेको र सोका लागि सरोकारवला पक्षसंग समन्वय गरिने उनले बताए । राजनीतिक दल, व्यपारी, नागरिक समाज, बुद्धिजीबि, पत्रकार सबैसंग सहकार्य गर्दै अघि बढ्ने उनले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker