राजनीतिक दल नै सहभागी आन्दोलन यो हदसम्म पुग्छ भन्ने अनुमान थिएन : गृह मन्त्रालय

काठमाडौँ : गृह मन्त्रालयले राजावादी समूहको आन्दोलन यो हदसम्म जाने अनुमान नगरिएको जनाएको छ । मन्त्रालयमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा सहसचिव छविराज रिजालले एउटा राजनीतिक पार्टी संलग्न भएकोले यस्तो हदसम्म आन्दोजन जाने अनुमान नगरिएको बताएका हुन् ।

उनले भने, ‘एउटा राजनीतिक दलसमेत सहभागी भएको आन्दोलन यो हदसम्म जाँदैन भन्ने अनुमान थियो ।’ सहसचिव रिजालले सुरक्षाकर्मीतर्फबाट निश्चित मापदण्डअनुसार बल प्रयोग गरिएको बताए ।

तीनकुनेमा शुक्रबार गरिने भनिएको सभामा सहभागी हुने क्रममा राजावादी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान भइसकेको छैन् । झडपमा १५ जना प्रहरी र एक दर्जन प्रदर्शनकारी घाइते भएका सहसचिव रिजालले जनाए ।

तीनकुनेमा गोली लागि घाइते भएकाको त्रिवि शिक्षण अस्पतालमा लगिएकामा मृत्यु भएको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो । प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।

काठमाडौंको तीनकुनेमा प्रहरीमाथि ढुंगामुढा र निजी घरहरूमाथि तोडफोड र आक्रमणपछि शुक्रबारका लागि तय भएको राजावादीको सभा बिथोलिएको छ । विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker