तनहुँमा पनि नाइरोबी फ्लाईले संक्रमण फैलाउँदै, कसरी जोगिने ?
भञ्ज्याङ न्यूज

तनहुँमा पनि नाइरोबी फ्लाईका संक्रमित भेटिन थालेका छन् । आँबुखैरेनीमा नाईरोबी फ्लाई किराको एसिडको कारण एक जना संक्रमित भएको पुष्टि भएको छ । आँबुखैरेनी गाउँपालिका-३ का १० बषिर्य बालकमा नाइरोबी फ्लाई किराको एसिडका कारण संक्रमण देखिएको हो ।
आँवुखैरेनीको मनकामना हेल्थ क्लिनिकमा विहीबार उपचारका लागि आएका बालकको घाटीको छालामा डडुवा घाउ तथा जनै खटिरा जस्तो देखिएपछि परिक्षणका क्रममा उक्त बालकमा नाइरोबी फ्लाई किराको एसिडका कारण संक्रमण पुष्टी भएको क्लिनिकका डाक्टर आषिश कोईरालाले बताए ।
नाइरोबी फ्लाई किराको एसिडका कारण बालकको घाटीको दाहिने भाग ३/४ इन्च क्षेत्रमा फैलिएर संक्रमण भएको र सामान्य औषधि दिएको मनकामना हेल्थ क्लिनिकले जनाएको छ ।
यस्तै, झापासहितका पूर्वी तराइमा नाइरोबी फ्लाई किराबाट निस्कने कडा एसिडको संक्रमणबाट अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ ।
दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले दैनिक रुपमा ५० जनाभन्दा बिरामी नाइरोबी फ्लाई किराको एसिडका कारण घाउ भएर उपचारका लागि आइरहेको बताए ।
दमकमा यस किराको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । वर्षापछि किराको फैलावट भइरहेको डा. पौडेल बताउँछन् । ‘एक सातामा नाइरोबी किराको एसिडका कारण घाउ भएर करिब तीन सयजना उपचारका गरिसकेको छु,’ पौडेलले अनलाइखबरसँग भने, ‘वर्षाको मौसममा अघिल्लो वर्षा थोरै संख्यामा बिरामी आउँथे । तर, यस वर्षभने संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।’

बिहीबार पानी फोका रातो धर्का भएको एलर्जी समस्या लिएर काठमाडौँको निजामति कर्मचारी अस्पतालमा एक मानिस आइपुगेका थिए । उक्त समस्या नाइरोबी फ्लाईको संक्रमणको कारण भएको अस्पतालका छाला रोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीले जानकारी दिए ।
डा. पुडासैनीको अनुसार नाइरोबी फ्लाई बिटल्स प्रजातिको किटाणु -किरा) हो । विश्वभर बिटल्सका ३ लाख ७० हजारभन्दा बढी प्रजाति छन् । तीमध्येको नाइरोबी फ्लाई एक किरा हो । यो हरेक वर्षाको मौसममा देखिन्छ । उक्त किराहरु सुन्तला र कालो रंगका हुन्छन् र उच्च वर्षा हुने क्षेत्रहरूमा बढि देखिन्छन् । बर्खामा नाइरोबीको प्रजनन धेरै हुने भएकाले यसको जोखिम बढी हुने डा. पौडेल बताउँछन् ।
उक्त किराहरु सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन् । चिकित्सकका अनुसार उक्त किराले टोक्दैनन्, तर यदि कसैको छालामा बस्दा माडिएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्लीय पदार्थ -एसिड) छोड्छ जसले छालालाई जलाउँछ ।
‘यो किराले टोक्दैन । यदि केही गरि हाम्रो छालामा किरा माडियो भने कडा एसिड निस्किन्छ र त्यसबाट छालामा एलर्जी हुन्छ,’ डा. पुडासैनीले भने, ‘जसले घाउ वा असामान्य दागहरू देखिन्छन् । एक वा दुइ हप्तामा निको हुन थाल्छ, तर केही माध्यम संक्रमणहरू हुन सक्छ, कुनै बिरामीको छालामा दागसम्म बस्छ ।’
उनका अनुसार एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ । धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खतसमेत बस्छ ।
उक्त किराको एसिडको संक्रमणबाट लक्षणहरु १२ घण्टादेखि २ दिनसम्म देखापर्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जाने चिकित्सक बताउँछन् ।
किराको टोकाइले नभएर किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेडि्रन’ भन्ने टक्सिनले मानव शरीरमा लक्षण देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यस किराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेको छ ।
यस किराबाट जटिलता भने नहुने चिकित्सक बताउँछन् । ‘घाउ देख्दा आत्तिने खालको हुन्छ । ठूला-ठूला फोका आउँछन् । जनै खटिरा, घामको एलर्जी तथा मंकिपक्सको फोका आउने हुनाले छुट्टाउन गाह्रो हुन्छ,’ डा. पुडासैनीले भने, ‘यो एलर्जीको कारणले हुने हो । यसले जटिला ल्याउने नभएकाले आत्तिनुपर्दैन ।’
डा. पौडेलका नाइरोबी फ्लाईकै कारण हो भनेर एकिन गर्न बायप्सी गर्नर्ुपर्छ । तर, सबै लक्षण मिलेको कारण क्लिनिकल डाइग्नोस्टिकल नाइरोबी फ्लाईकै कारण पुष्टि गर्न सकिन्छ ।
तराइका विभिन्न अस्पतालले नाइरोबी फ्लाई किराको कारण समस्या भएका बिरामीको संख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराएका छन् ।
‘यो हाम्रो लागि पनि नयाँ हो । यसविषयमा छालारोग विशेषज्ञसँग छलफल गरिरहेका छौं । तराइका विभिन्न अस्पतालबाट नाइरोबी फ्लाई किराको कारण बिरामी बढेको जानकारी प्राप्त भएको छ,’ इडिसिडीका निर्देशक डा. चुम्मनलाल दासले भने, ‘हामी रोकथाम गर्न जुटेका छौं । अन्य सबै अस्पतालबाट विवरण माग्ने काम भइरहेको छ ।’
चिकित्सकका अनुसार उक्त किराको एसिड शरीरमा बढी फैलिएको छ र ज्वरो, स्नायु दुखाइ, जोर्नी दुखाइ वा वान्ता हुन सक्छ भने थप गम्भीरसम्म बनाउनसक्छ ।
उक्त किरा एसिडको संक्रमणबाट जनै खटिराजस्तो फोका आउने, ठूलो खालको पानी फोका आउने, छाला रातो हुने, धेरै पोल्ने, रातो डाबर तथा बिमिरा आउने जस्ता लक्षण देखिन्छन् । त्यसैगरी, उक्त संक्रमित एसिड हात आँखामा रगड्दा सम्भावित रूपमा अस्थायी अन्धोपन हुन सक्छ ।
कसरी जोगिने ?
उक्त किराहरु प्रकाशमा आकषिर्त हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् ।
उक्त किरासँग सम्पर्कमा नआउनका लागि झयालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।
‘बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन’, डा. पुडासैनीले भने, ‘किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’
यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने डा. पुडासैनी बताउँछन् ।
सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अप्रिmकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अप्रिmका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।










