निर्वाचन आयोगद्वारा प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)​

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिकाअनुसार वुधबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

आयोगले वुधबार मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । मनोनयन फिर्ता लिन इच्छुक दल र उम्मेदवारले फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर प्रतिनिधिसभार्फत ११९ र प्रदेशसभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको हो ।

प्रतिनिधिसभातर्फ ११९ जनाले फिर्ता लिएसँगै २ हजार ४१२ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार १८७ जना पुरुष र २२५ जना महिलाको उम्मेदवारी कायम भएको छ । प्रदेशसभातर्फ पनि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर २५७ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार ९४३ जना पुरुष, २८० जना महिला तथा एक जना अन्यको उम्मेदवारी कायम भएको हो ।

प्रतिनिधिसभाका लागि उम्मेदवारहरूकाे सूची :

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker