जनज्योति र आँवुखैरेनी क्याम्पसबीच अनुभव आदान–प्रदान

भिमाद : तनहुँको भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसमा अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गरिएको छ । क्याम्पसले आँवुखैरेनी क्याम्पससंग शिक्षा क्षेत्रको सुधार र दुवै क्याम्पसका बीच सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको हो ।
जनज्योति क्याम्पसका प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीतप्रकाश आले, उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सदस्य जीवनाथ अर्याल, पदमराज सेन ठकुरी र अन्य आमन्त्रित सदस्य दशरथ गैह्रे लगायतको सहभागितामा आँवुखैरेनी क्याम्पसबाट उपाध्यक्ष अनिल बाबु श्रेष्ठ, क्याम्पस प्रमुख भवदत्त शर्मा, सहायक क्याम्पस प्रमुख रामचन्द्र आचार्य लगायतका प्रतिनिधिहरू बीच अन्तरक्रिया तथा अनुव आदनप्रदान गरिएको थियो ।
कार्यक्रममा जनज्योति क्याम्पस प्राध्यापक संघका सभापति हरिप्रसाद सुवेदीले दुवै क्याम्पसका बीच अनुभव आदान–प्रदानको महत्वको बारेमा प्रकाश पार्दै यसलाई शिक्षा क्षेत्रमा सशक्त सहकार्यको प्रारम्भको रूपमा लिने विश्वास व्यक्त गरे ।
क्याम्पसले क्यूएए प्राप्त प्रक्रिया, आशय पत्र र विभिन्न नीति नियमहरूको बारेमा छलफल गरिएको उक्त कार्यक्रममा सहभागी सबै व्यक्तिहरूले क्यूएए प्रक्रिया र शैक्षिक संस्थाहरूमा यसको महत्वबारे गहिरो छलफल गरेका थिए । सहायक क्याम्पस प्रमुख र आईक्यूएसि संयोजक शिवदत्त चापागाईंले क्यूएए प्रक्रियाका लागि न्यूनतम आधारहरूको बारेमा विस्तृत जानकारी दिएका थिए ।
कार्यक्रममा दुवै क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी प्रतिनिधिहरूले आपसमा अनुभव आदान–प्रदान गरेका थिए । यसले क्याम्पसहरू बीच अझ राम्रो सहकार्य र शिक्षा क्षेत्रका विविध पक्षमा सुधारका लागि नयाँ दिशाहरूको पहिचान गर्न मद्दत पु¥याउने जनज्योति क्याम्पसका प्रमुख केशवराज काफ्लेले बताए ।










