१८औं गणतन्त्र दिवस : अब निरंकुश राजतन्त्रको कल्पना समेत गर्न सकिदैन

विविध कार्यक्रमको आयोजना गरी तनहुँमा १८औं गणतन्त्र दिवस मनाइएको छ । दिवसको अवसरमा बिहीबार बिहान प्रभातफेरी गरिएको थियो ।

विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा सर्वसाधारणहरुको सहभागितामा गरिएको प्रभातफेरी दमौली बजार परिक्रमा गरी अनशन चौतरीमा सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै राजनीतिक दलका नेताहरुले निरंकुश राजतन्त्र फर्कने कल्पना समेत गर्न नसकिने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्लास्तरीय समारोह समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले गणतन्त्रको विकल्प गणतन्त्र नै भएकामा जोड दिएका छन् ।

संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले गणतन्त्रको विकल्प अन्य व्यवस्था नभएकाले गणतन्त्रलाई सुदृढ बनाएर जानुको विकल्प नभएको बताए । पोख्रेलले वर्तमान अवस्थामा जनतामा निराशा छाएको बताउँदै जनताका प्रतिनिधिले आफ्ना आचरण र व्यवहार सुधार गर्नुपर्ने बताए ।

पूर्व प्रतिनिधि सभा सदस्य केदार सिग्देलले गणतन्त्रमाथि धावा बोल्ने कोशिस कसैले नगर्न चेतावनी दिए । गणतन्त्रको विकल्प गणतन्त्र मात्रै भएको बताउँदै सिग्देलले गणतन्त्र रक्षाका लागि गणतन्त्रवादी एकजुट हुनुपर्ने बताए । वर्तमान व्यवस्था सञ्चालनप्रति केही कमजोरी भएको स्वीकार गर्दै सिग्देलले त्यसको अर्थ यसको विकल्प खोज्न नहुने बताए ।

पूर्व प्रतिनिधिसभा सदस्य कलिला खानले रगत र पसिनाबाट प्राप्त गणतान्त्रिक व्यवस्था उल्टिन नसक्ने उल्लेख गरिन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपानेले गणतन्त्र आम मानिसको सर्वस्वीकार्य बनिसकेको बताउँदै गणतन्त्रको विकास र संरक्षण गर्ने जिम्मेवारी गणतन्त्रवादीको भएको बताए ।

गण्डकी प्रदेशका पूर्व मन्त्री डोवाटे विश्वकर्माले जनताका निराशालाई सम्बोधन गर्दै वर्तमान व्यवस्था सुदृढ बनाउनुपर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला अध्यक्ष विश्व बास्तोलाले जनप्रतिनिधिको शासन र व्यवहारले जनतामा निराशा छाएकाले जनप्रतिनिधिले व्यवहार परिवर्तन गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नेपाली काङ्ग्रेसका उपसभापति देवकुमार श्रेष्ठ लगायतले गणतन्त्रका विषयमा धारणा राखेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker