वृद्ध भत्ता कटाएर गाईलाई डोण निर्माण

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

शुक्लागण्डकी-९ घारीमा रहेको गौ संरक्षण केन्द्रमा निर्माण गरिएको १५ मिटर लामो डोण सञ्चालनमा ल्याइएको छ । अद्धैत संस्था शुक्लागण्डकीले गौ मातालाई दानापानी खान सहज हुने गरी ट्रष्टसहितको डोण निर्माण गरिएको हो । अद्धैत संस्थामा आवद्ध वृद्धवृद्धाहरुले ज्येष्ठ नागरिक भत्ता कटाएर डोण निर्माणमा सहयोग गरेको अध्यक्ष भीष्मराज पौडेलले जानकारी दिए । नवनिर्मित डोणको अद्धैत संस्था गण्डकीका प्रमुख धनप्रसाद गुरुङले शुभारम्भ गरेका थिए । उनले उमेर बढ्दै र शरीर कमजोर हुँदै गएपनि इच्छाशक्ति र एकता हुने हो भने जुनसुकै काम गर्न सकिन्छ भन्ने उदाहरण अद्धैत संस्था शुक्लागण्डकीले दिएको बताए ।

निर्माण समितिका अध्यक्ष भिष्मराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष लोकनारायण श्रेष्ठ, बेगबहादुर खड्का, केशव सापकोटा लगायतले बोलेका थिए । हिन्दु धर्मप्रति आस्थावान् ज्येष्ठ नागरिकहरुले गौँ संरक्षण केन्द्र भनिए पनि गाई संरक्षणको नाममा तारजाली लगाएर थुन्ने काम मात्र भएको गुनासो गरे । नगरपालिकाले बर्षेनी बजेट विनियोजन गरेपनि प्रभावकारी काम हुन नसकेको उनीहरुको गुनासो थियो ।

उक्त ट्रष्टसहितको डोण ४ लाख ५३ हजार ३८९ रुपैयाँको लागतमा निर्माण गरिएको कोषाध्यक्ष सुवेदार डिलबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार डोण बनाउन ५७ हजार ५९५, ढलान निर्माणमा ४९ हजार ९२०, छाना छाउन २ लाख ९४ हजार ८७४ र पराल खरिदमा ५१ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker