इदको अवसरमा भलिबल प्रतियोगिता
भञ्ज्याङ समाचारदाता/युएइ

मुस्लिम धर्मलम्बिहरुको महान चाड इदको अबसरमा भलिबल प्रतियोगिता गरिएको छ । प्रदेशी हातेमालो सहकारी संस्था युएइले आयोजना युएइमा खुल्ला भलिवल प्रतियोगिता गरेको हो ।
३२ टिमको सहभागिता रहेको प्रतियोगितामा तनहुँ सेवा समाज युएइ प्रथम हुन सफल भएको छ । नेपालीहरुले आयोजना गरेको भलिबल प्रतियोगिता हालसम्मकै सबै भन्दा ठूलो धनराशि भएको बताइएको छ ।
प्रतियोगितामो आयोजक प्रदेशी हातेमालो सहकारी संस्था द्धितीय, पर्वत समाज युएइ तृतीय र कोटाकोट मगर समाज युएइले चौथो स्थान प्राप्त गरेका छन् । विजेताहरुलाई क्रमशः ४ हजार १११, २ हजार २२२, १ हजार १११ र ५५५ दिराम पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, प्रतियोगितामा बिधागत रुपमा मस्ट भ्यालुएबल बेस्ट प्लेयर मिलन चन्द ठकुरी तनहुँ समाज, बेस्ट स्पाइकर निर्मल ठकुरी तनहुँ समाज, बेस्ट सेटर घनश्याम गुरुङ्ग (गन्नु) तनहुँ समाज, बेस्ट ल्रि्रो निरज बुढाथोकी मगर तनहुँ समाज र बेस्ट कोज देवेन्द्र शाही ठकुरी तनहुँ समाज भएका छन् ।