प्रथम मेयर कप भलिबल प्रतियोगिता

तनहुँको व्यास नगरपालिकाको खेलकुद समितिले आयोजना गरेको ‘प्रथम मेयर कप भलिबल प्रतियोगिता’को उपाधिका लागि प्रतिस्पर्धा गर्दै वडा नंं. ६ र १३ का खेलाडीहरु । प्रतियोगितामा वडा नं. ६ ले वडा नं. १३ लाई ३–२ को सेटले पराजित गरी उपाधि हात पारेको छ ।

प्रतियोगितामा वडा नं. १४ र ५ सान्त्वना स्थान प्राप्त गरेका छन् भने विजेताले रु. ३७ हजार ५ सय, उपविजेताले रु. २२ हजार ५ सय र सान्त्वना हुने वडालाई १०/१० हजार रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा ११ टिमको सहभागिता रहेको खेलकुद समितिका संयोजक एवं वडा नं. ६ का वडा अध्यक्ष कुमार गुरुङले जानकारी गराए । तस्विर : नारायण खड्का/भञ्ज्याङ










