विकासको गतिले तीव्रता पाउँछ : वरिष्ठ नेता पौडेल

भञ्ज्याङ समाचारदाता/भानु

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन् । तनहुँको भानु नगरपालिका-१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने उल्लेख गरे ।

संविधान निर्माण र संविधानको कार्यान्वयनले गर्दा विकासको काम केही समय रोकिएको बताउँदै वरिष्ठ नेता पौडेलले अब विकासको कामलाई पनि टुङ्गोमा पुर्‍याउने बताए । पौडेलले भने, ‘संविधानको पालना गर्नुपर्दा रोकिएका विकासको काममा ध्यान दिन सकेका थिएनौँ, अब तनहुँमा विकासले काँचुली फेर्छ ।’

उनले पाँचदलीय गठबन्धन कायमै रहने बताए । स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल भएको बताउँदै पौडेलले आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताए । उनले भने, ‘गठबन्धन अहिलेको आवश्यकता हो, यसमा तलमाथि हुँदैन ।’

पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मगाउँलाई विश्वकै पर्यटकीय धार्मिक गन्तव्य बनाइने बताए । उनले भने, ‘जसरी मक्का मदिना आज मुस्लिम समुदायको आकर्षणको केन्द्र बनेको छ, भानु जन्मस्थललाई पनि धार्मिक साहित्यको केन्द्र बनाउनेतर्फ लागिपरेका छौं ।’

भानु कपको उपाधि तनहुँ-११ ले जित्यो

२०९औं भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ-११ ले जितेको छ । भन्सार युवा क्लवको आयोजनामा भानु नगरपालिका-१ मा बुधबार सञ्चालित फाइनल खेलमा सिद्धगुफा युवा क्लवलाई पराजित गर्दै तनहुँ-११ ले पन्ध्रौ भानु कपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

सिद्धगुफा युवा क्लवलाई २-० गोल अन्तरले पराजित गर्दै तनहुँ-११ ले उपाधि जितेको हो । विजयीसँगै तनहुँ-११ ले नगद दुइ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता सिद्धगुफा युवा क्लवले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ ।

यस्तै, फाइनल खेलको म्यान अफ दि म्याच सिद्धगुफा युवा क्लवका सन्दिप थापा घोषित भएका छन् । प्रतियोगिता अवधिभर र्सवाधिक गोलकर्ता तनहुँ-११ का दिपेश आले घोषित भए । उनले प्रतियोगिता नौ गोल गरेका थिए ।

उत्कृष्ट गोलरक्षकको उपाधि तनहुँ-११ का प्रदीप भण्डारीले प्राप्त गरे । अनुशासित क्लवको उपाधि मर्स्याङ्दी युवा क्लव गोरखाले पाएको छ भने उत्कृष्ट खेलाडी तनहुँ-११ का रन्दिप पौडेल घोषित भएको आयोजक क्लवका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker