सरस्वती मन्दिर माविले जित्यो भानुको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी

भानु : तनहुँको भानु नगरपालिकाको स्थापना दिवसका अवसरमा आयोजित अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी वडा नं. १२ को सरस्वती मन्दिर माध्यमिक विद्यालय घलेछापले जितेको छ ।
प्रतियोगितामा सेमीफाइनलबाट फाइनलमा प्रवेश गर्ने टिमहरूमा कर्मदा मावि भानु ९ पुर्कोट वाइजंघार र सरस्वती मन्दिर मावि भानु १२ घलेछाप बीच उपाधीका लागि प्रतिस्पर्धा भएको थियो ।
कर्मदा माविले मनोहर माविलाई र सरस्वती मन्दिर माविले अरनिको माविलाई सोझो सेटमा पराजित गरेका थिए ।
प्रतियोगितामा श्री कर्मदा मावि भानु ९ पुर्कोट बाइसजङ्घार द्धितीय, श्री अरनिको मावि भानु १३ मिर्लुङ् ठूलोढुङ्गा तृतीय हुन सफल भएको छ भने, श्री मनोहर मावि भानु ८ महन्तेहटियाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी श्री सरस्वती मन्दिर माविका अक्कल धामीले प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टिमहरूलाई क्रमशः नगद रु २० हजार, रु १५ हजार, रु १० हजार र रु ५ हजार र प्रमाण–पत्र, मेडल, ट्रफी र विजेता विद्यालयलाई प्रमाण–पत्र प्रदान गरिएको छ ।
विजेताहरुलाई नगर प्रमुख आनन्दराज त्रिपाठी, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, नगर खेलकुद विकास समितिका अध्यक्ष तुलकुमार गुरुङ र वडा नं ४ का वडाध्यक्ष अर्जुनबहादुर बोहराले संयुक्त रूपमा पुरस्कृत गरेका थिए ।










