मिर्लुङको ठूलोढुंगामा १०औं शिद्धबाबा कप फुटबल प्रतियोगिता हुने
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगामा विजयदशमीको उपलक्ष्यमा दशौं शिद्धबाबा कप-२०७९ फुटबल प्रतियोगिता गरिने भएको छ ।
शिद्धबाबा युवा क्लव पयास्वाँरालेले श्री शान्ति युवा क्लव टुटेपानीको सहकार्य र भानु-१३ वडा कार्यालयको प्रायोजनामा असोज २१ गतेबाट सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको संगम सुमिर पियाले जानकारी गराए ।
असोज २० गतेसम्म प्रतियोगित टिम दर्ता आव्हान गरेको आयोजकले विजेतालाई ६६ हजार ६६६ रुपैयाँ, उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँ नगद र साथमा ट्रफी, मेडल, प्रमाणपत्रद्वारा पुरस्कृति गर्ने क्लवका सुरेन्द्र गुरुङले बताए ।











