सामुहिक रुपमा धान गोड्दै किसान

तनहुँको भानु नगरपालिका-८ जैविक कृषि सहकारी संस्थामा आवद्ध कृषकहरु सामुहिक रुपमा धान खेत गोड्दै । संस्थाले प्रमाणित वीउ उत्पादन कार्यक्रम भानु कृषि सहकारी भानु-८ र भानु नगरपालिकाको आर्थिक सहयोगमा बीउ उत्पादनका लागि एक हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीको पहिलो चरणको गोड्मेल गरिएको छ । प्रयाप्त युरिया मल उपलब्ध नभएकाले संस्थामा रहेको केही मात्रमा रहेको युरिया मल प्रयोग गरिएको छ ।
तस्विर : भञ्ज्याङ