आदिकविको रेडक्रस सर्कल जिल्लाकै उत्कुष्ट
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ स्थित विज्ञानचौरमा रहेको नेपाल युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पस जिल्लकै उत्कुष्ट सर्कलको रुपमा सम्मानित भएको छ ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा र युवा रेडक्रस सर्कल चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयको आतिथ्यतामा शुक्रबारदेखि सञ्चालित ३८औं जुनियर तथा युवा रेडक्रस गोष्ठीमा सम्मान गरिएको हो ।
कार्यक्रममा जिल्ला जुनियर तथा युवा रेडक्रस समिति तनहुँका संयोजक विमल गिरी, प्रदेशका महासचिव रामदत्त पौडेल लगायतले युवा रेडक्रस सर्कल आदिकवि भानुभक्तका सचिव सविन लामिछाने र कोषाध्यक्ष रोजिना सुनारलाई उक्त सम्मान पत्र प्रदान गरे ।
त्यस्तै द्धितियमा चण्डिदेव राष्ट्रिय माध्यमिक विद्यालय, तृतीयमा पराशर माध्यमिक विद्यालय भएको छ । सान्तवना भने जनज्योती मावि र रामशाह मावि भएको थियो । एक वर्षभरिमा जिल्ला भरिको सर्कलले गरेको सामाजिक कार्य लगायत गतिविधिको मुल्याङ्कन गरी सम्मान गरिएको जिल्ला जुनियर तथा युवा रेडक्रस समिति तनहुँका संयोजक गिरीले बताए ।
गोष्ठीमा जुनियर तथा युवा रेडक्रस समिति प्रदेशका महासचिव रामदत्त पौडेल, जिल्ला संयोजक विमल गिरी र युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसका सचिव सविन लामिछानेले प्रशिक्षण दिएका थिए । शुक्रबार समुद्घाटन गरिएको उक्त गोष्ठीको उद्घाटन भने व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने गरेका थिए ।










