तनहुँ २(क) बाट नेकपा एमालेका ९ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस
भञ्ज्याङ न्यूज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र (क)को बैठकले प्रत्यक्षतर्फा ९ जना आकांक्षी उम्मेदवारको नाम सिफारिश गरेको छ ।
समन्वय कमिटीको संयोजक रत्नादेवी घिमिरेको अध्यक्षता र केन्द्रीय सदस्य सविता रसाइलीको उपस्थितिमा भएको पूर्ण वैठकले प्रत्यक्षतर्फको उम्मेदवारको नाम सिफारिश गरेको हो ।
बैठकले कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गा प्रसाद पराजुली, हर्क बहादुर गुरुङ, श्यामराजा महत, खिम वहादुर महत, शेषमणी आचार्य, अर्जुन प्रसाद नागिला र राधादेवी महत क्षेत्रीको नाम आकांक्षी उम्मेदवार दर्ता गरी सिफारिस गरेको छ ।

विधानअनुसार १ महिला सहित ३ जनाको नाम सिफारिश गर्नुपर्नेमा आकांक्षीको संख्या बढि भएपछि आएको नामलाई नै जिल्लामा पठाउने निर्णय गरिएको संयोजक घिमिरेले बताईन ।
बैठकमा नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपसचिव खिम कुमाल, प्रदेश कमिटी सदस्य रामचन्द्र उपाध्याय, केन्द्रीय सदस्य सविता रर्साईलीले आ-आफ्ना धारणा राखेका थिए ।










