कार्यकर्ता भेला, नेकपा एमालेको मूल्याङ्कन जनताले गर्छन : सांसद सिग्देल

भञ्ज्याङ न्यूज

नेकपा एमाले र ओली नेतृत्वको सरकारले गरेको कामको मूल्याङ्कन जनताले गर्ने तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य एवं नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले बताएका छन् । नेकपा -एमाले) व्यास नगर कमिटीले शनिबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सांसद सिग्देलले उक्त कुरा बताएका हुन् ।

‘ओली नेतृत्वको सरकारबाट जनताले गरेको अपेक्षा अनुसार नै काम गरेको छ’, सांसद सिग्देलले भने, ‘संघीयता कार्यन्वयन, देशको राष्ट्रियता, सीमासुरक्षा र विदेशीसँगको बराबरीको सम्बन्धमा ओली सरकारले देशको शिर उँचो बनाएको छ ।’

‘संघीयता जारी हुने बेलाम भएको भारतीय हस्तक्षेपको विरुद्ध ओलीले ढृढताका साथ लडेका छन् । नेपालको आन्तरिक मामिलामा हुने हस्तक्षेपमा ओली सरकारले औला ठड्याएको छ’, उनले भने, ‘जसले गर्दा भारतले नेपालसँग समान सम्वन्ध कायम गर्न बाध्य बनेको छ। सीमा सुरक्षा होस वा लिपुलेक कालापानीमा भारतलाई झुक्न बाध्य पारेको छ । नक्साङ्कन जारी गरेर नेपालको भौगोलिक अखण्डता जोगाउने काम भएको छ ।’

‘देश र राष्ट्रियताको लागि काम गर्दागर्दै विदेशी चलखेल र देशभित्रकै देशको भलो नचाहने शक्तिका कारण ओली सरकार विस्थापित हुन परेको हो’, उनले भने ‘यो कुरा जनताले राम्रोसँग मुल्याङ्कन गरेका छन्, अबको निर्वाचन पछि पुनः नेकपा एमाले पहिलो शक्ति हुने र सरकारको पुनः नेतृत्व गरी देशका बाँकी समस्या समाधान गर्न लागि पर्र्छौ।’

सत्ता र शक्ति प्राविधिक पक्ष भएको भन्दै सांसद सिग्देलले मुख्य कुरा विचार र दृष्टिकोण भएको बताए । उनले भने, ‘यसमा नेकपा एमाले स्पष्ट छ । जनताको समस्या समाधान गर्न, सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न एमाले अग्रसर छ । पार्टी भित्रको फुट वैचारिक र सैद्धान्तिक नभई पदीय लोलुपताको कारण यो अवस्था आएको हो ।’ व्यक्ति नभई विचार र पार्टी महत्वपूर्ण भएको भन्दै सांसद सिग्देलले नेता तथा कार्यकर्तालाई विचलित नभई जनताको काममा लाग्न आग्रह गरे ।

नेकपा एमाले व्यास नगर कमिटीका अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सांसद राम वहादुर गुरुङ, नगर इन्चार्ज प्रदिपराज अधिकारी, जिल्ला कमिटीका सदस्य रामजी लौडारी, माधवी पण्डित, पूर्व नगर अध्यक्ष विरेन्द्र अधिकारी, नेतृ वसुन्धरा घर्ती, नगर सचिव निर्मल पण्डित लगायतका नेता कार्यकर्ताहरुले समसामयिक विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा व्यास नगर भित्रका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker