म्याग्देका जनप्रतिनिधिको सय दिन : ३२ वटा लिफ्टिङ खानेपानीको विद्युत महशुल भुक्तानी, आठ वटा कानून निर्माण
भञ्ज्याङ न्यूज/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको सय दिनका उपलब्धीहरु सार्वजनिक गरेको छ । गाउँपालिकाले सोमबार पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि निर्वाचित भएर आएको सय दिनमा सम्पादन गरेका २६ बुँदे प्रगति विवरण सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विविध बिषयका २६ वटा कार्य प्रगति विवरण सार्वजनिक गर्दै यस अवधिमा सात वटा बैठक मार्फ १३२ वटा विविध बिषयमाथि निर्णय गरेको जानकारी गराए ।
गाउँपालिका कार्यालयले गाउँपालिका भित्रका ३२ वटा लिफ्टिङ खानेपानीको पुरै बिल भुक्तानी गरिदिने निर्णय गरी कार्यान्वयनमा ल्याएको छ । बिल भुक्तानीको लागि करिब ४५ लाख रुपैयाँ बिनियोजन गरिएको र गण्डकी प्रदेश सरकारले समेत यस नीतिलाई अवलम्वन गरेको हुँदा प्रभावकारी हुने विश्वास गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिकाले सय दिनको अवधिमा आठ वटा विभिन्न कानून निर्माण गरेको छ । यस अवधिमा दुइ वटा नयाँ ऐन, एक संशोधन र पाँच वटा कार्यविधि निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिकाले यस अवधिमा न्यायिक समिति, लेखा समिति, सुशासन समिति, विषयगत ६ वटा सहित नौ वटा विषयगत समिति गठन गरेको छ । गाउँपालिकाले यही अवधिमा सात जना करारका कर्मचारी नियुक्त गरेको छ ।
यस्तै गाउँपालिकाको सभाहल निर्माणका लागि ढिलाइ भएकामा निर्माण कम्पनीलाई छिटो काम गर्नका लागि पत्राचार गरिएको जनाइएको छ । म्याग्दे-१ मा चिस्यान केन्द्र निर्माणका लागि डिपिआर, दश वटा घाटको आइइ, सबै वडाको फोहरमैला व्यवस्थापनका लागि पनि प्रक्रिया सुरु गरिएको श्रेष्ठले जानकारी गराए ।
यही अवधिमा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन चार वटा विद्यालयलाई बस खरिदमा अनुदान दिने प्रक्रिया अगाडी बढाइएको छ । विद्यालयलाई बस खरिदका लागि ४० प्रतिशत अनुदान दिइने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्षसँग सुत्केरी कार्यक्रम मार्फ् स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई जनही पाँच हजार, पशुपालक कृषकलाई प्रोत्साहन गर्न प्रति लिटर दश रुपैयाँका दरले अनुदान, हल गोरु पाल्नेलाई दश हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाउन लागिएको छ । भेटेरिनरी जेटिए अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ति अनुदान, बिपदमा परेकालाई दश हजारदेखि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
उनले भने, ‘सुशासन, बिद्युतीय शासन, घरनक्सामा डिजिटलाइजेशन, घर नम्बर प्लेट सबै घरलाई निशुल्क दिने गरी पहिलो निर्णयसंगै घरघरमा गई नम्बर कायम गर्ने कार्यको प्रारम्भ गरिएको छ ।’
‘सुत्केरी, गरीब तथा बिपन्न परिवारलाई पोखरादेखि चितवनसम्म एम्बुलेन्स निःशुल्क प्रदान गर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी कूल एक हजार ३०३ निवेदन परेकोमा सबै प्रविष्ट गरी जग्गा दिलाउन कार्यमा पहलकदमी भइरहेको छ’, अध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका कार्यालयले म्याग्दे-३ मा चिस्यान केन्द्र निर्माणको लागि एक करोड ८० लाख रुपैयाँ बजेट बिनिजन गरिएको बताए । म्याग्दे-७ मा दीर्घकालिन रुपमा पानीको समस्या समाधान गर्नको लागि गाउँपालिका र गण्डकी प्रदेशबाट गरी दुइ करोड पचास र संघीय सरकारबाट एक करोड रुपैयाँ बिनियोजन गरिएको उपाध्यक्ष घिमिरेले जानकारी गराए ।
गाउँपालिकाले वडा नं. २ स्थित बहपुरमा फोहोरमैला व्यवस्थापनको लागि आधुनिक मेशिन सहित जग्गा खरिद गरी निर्माण कार्य अघि बढाएको छ । पहिलो सेवा लिन आउने सेवाग्राहीलाई पहिलो सेवा वडा र गाउँपालिकाबाट शुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
‘कार्य जिम्मेवारी तथा अख्तियारी प्रदान कार्य सम्पादन सम्झौता गरी कर्मचारीलाई क्रियाशिल गरिएको छ’ उनले भने, ‘कार्यालयले फोटोकपी सुविधा तथा निवेदन लेखन कार्यलाई निःशुल्क सेवा दिन सहायता कक्ष स्थापना गरेको छ ।’
गाउँपालिकाले नदीका घाटबाट नदीजन्य वस्तु बढी उत्खनन् गर्ने छ वटा ठेकेदार कम्पनीलाई जरिवाना गरेको छ । ठेक्का लगाएका घाटबाट बढी नदीजन्य बस्तु उत्खनन गरेका ठेकेदार कम्पनीबाट पहलिो चरणमा १५ लाख ८६ हजार ९२१ रुपैयाँ राजश्व असुलि गरिएको अधिकारीले बताए ।
गाउँपालिकाले मजुवाटार घाट, झकास फुलवारी माथिल्लो घाट, घुमौनीघाट, कुडुलेघाट, झिरलौदीघाट र टुनिबोट घाट ठेक्कामा लगाएको छ । यस्तै, गाउँपालिकाले सुशासन तर्फसार्वजनिक सुनुवाइ, वाषिर्क समिक्षा, बेरुजु न्यून हुने तथा बजेट प|mी ज कम हुने गरी कार्य प्रारम्घ, चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक लगायतका काम गरिएको बताइएको छ ।










