आन्तरिक पर्यटकले खचाखच भरियो बन्दिपुर

बन्दिपुरका होटल व्यवसायीहरुको 'बन्दिपुर सुरक्षित छ' अभियान

  • भञ्ज्याङ समाचारदाता (बन्दिपुर)

नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकले बन्दिपुर खचाखच भरिएको छ । कारोना भाइरस संक्रमण जोखिमकै बीच पनि नयाँ वर्ष मनाउन बन्दिपुर आउनेको संख्या अप्रत्यासित रुपमा बढ्न पुगेको थियो । नयाँ वर्ष नजिकिएसंगै कोरोना संक्रमणको दर बढ्दै गएपनि यसलाई कुनै प्रवाहा नगरी पर्यटकको उपस्थिति राम्रो रहेको बन्दिपुरका होटल व्यवसायीहरुले बताएका छन् ।

कोरोना कहरका कारण थला परेको बन्दिपुरको पर्यटन व्यवसाय नयाँ वर्षका दिन आन्तरिक पर्यटकको उत्साहजनक उपस्थितिले आशा जगाएको बन्दिपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष एवं होटल व्यवसायी वैंश गुरुङले बताए । ‘लकडाउन हटेसंगै थोरै संख्यामा आन्तरिक पर्यटकहरु बन्दिपुर घुम्न आउनुहुन्थ्यो’, उनले भने, ‘तर नयाँ वर्ष मनाउन पाँच हजार बढि पर्यटकहरु बन्दिपुर आउनुभएको छ । मंगलबार र बुधबार बन्दिपुरका होटल र होमस्टेहरु पर्यटकले भरिभराउ भए ।’

लामो समयको लकडाउन हटेपनि दोस्रो चरणको कोरोना त्रास रहिरहेकाले नयाँ वर्ष लक्षित पर्यटकीय कार्यक्रमहरु बन्द गर्नुपरेको समितिका पूर्व अध्यक्ष गुरुङले बताए । उनले भने, ‘पर्यटकीय नगरी भएकाले केही पर्यटकहरुको आगमन होला भनि उहाँहरुको स्वागतका लागि स्ट्रिट फुड फेस्टिवल आयोजना गरेका थियौ । तर पर्यटकहरुको आगमन भने सोचेको भन्दा बढि भयो । हामी निकै उत्साहित भएका छौं ।’

नयाँ वर्षमा बन्दिपुरमा पर्यटकको राम्रो उपस्थिति देख्दा पर्यटन व्यवसायप्रति आशा जागेको क्षेत्रीय होटल संघ बन्दिपुर इकाइका अध्यक्ष विपिन प्रधानले बताए । ‘पहिलेपनि बन्दिपुर घुम्न भनेर दिनको २/३ सय पर्यटकहरु त आउने गर्नुहुन्थ्यो तर बास भने कमै बस्नुहुन्थ्यो’, उनले भने, ‘नयाँ वर्षा दिन आउनु भएका आधाभन्दा बढि पर्यटकहरु बन्दिपुरमै बस्नुभयो । यसले पनि अब पर्यटन व्यवसाय लयमा फर्कने आशा जगाएको छ ।’

त्यस्तै, बन्दिपुरका होटल व्यवसायीहरुले कोरोना भाइरस संक्रमण जोखिमलाई न्यूनिकरणका लागि आवश्यक स्वास्थ्य मापदण्डको पालना तथा स्वास्थ्य सामाग्रिको प्रयोगलाई विशेष प्रथामिकता दिइएका छन् । व्यवसायीहरुले बन्दिपुरलाई सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा परिचय दिने लक्ष्यका साथ अभियान चलाएको अध्यक्ष प्रधानले बताए ।

बन्दिपुरका होटल व्यवसायीहरुले कोरोना भाइरस संक्रमण त्रास बढेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पाहुनालाई स्वागत गरेको इकाईका अध्यक्ष प्रधानले बताए । उनले भने, ‘आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रि तथा मापदण्ड पालना गरी स्वच्छ र सफा वातावरणमा पाहुनालाई स्वागत गरेका थियौ र आउने दिनहरुमा पनि गर्नेछौं ।’

यस्तै, होमस्टेहरुमा पनि पाहुँनाहरुको राम्रै उपस्थिति भएको बन्दिपुर सामुदायिक होमस्टेकी अध्यक्ष दिलकुमारी रानाले बताइन् । उनले भनिन्, ‘नयाँ वर्षमा बन्दीपुर घुम्न आउनेमध्ये करिव १५० जना पाहुँनाहरु होमस्टेमा बास बस्नुभयो । यो उपस्थिति देख्दा हामी निकै आशावादी र उत्साहित भएका छौं ।’

प्रशासनले मेला महोत्सव नगर्न आग्रह गरेका कारण बन्दिपुरले ठुलो स्टेज कार्यक्रम नगरेता पनि होटल व्यवसायीहरुले आ-आफ्नो होटल अगाडि खाना महोत्सव साथसाथै सांगितिक कार्यक्रम आयोजना गरेर आउने पर्यटकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

बन्दिपुर बजार क्षेत्रमा ७७ होटल र ४ होमस्टेहरु छन् । सहरको कोलाहलबाट टाढा गई प्राकृतिक सौन्दर्यतामा रमाउन चाहानेहरुका लागि बन्दिपुर उत्कृष्ट गन्तव्य हो । बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृंखला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुडिखेल, थानीमाई, तीनधारा, रानी वन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र, निर्माणाधिन मिनि ग्रेट वल, केवलकार लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker