चाडपर्व लक्षित बजार अनुगमनका लागि निर्देशन

भञ्ज्याङ समाचारदाता/काठमाडौं

चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई सक्रिय तुल्याएको छ ।

नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन प्रणाली, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा आसन्न चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्ति र व्यवस्थापनका विषयमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ६२औं बैठकले सो निर्देशन दिएको हो ।

बैठकले बजार अनुगमनका लागि सूचना संकलन, प्रविधिको प्रयोग र जोखिममा आधारित बनाउने सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मापदण्ड तयार गरी अनुगमन प्रणालीको अभिवृद्धि गर्ने, सार्वजनिक यातायातको भाडा दर, यात्रु सिट, क्षमताका आधारमा अनलाइन टिकेटिङको अगुगमन गर्न निर्देशन दिएको छ । सो मन्त्रालयले अत्यावश्यक वस्तुको पाक्षिक मूल्यसूची अद्यावधिक प्रोफाइल तयार गर्नुपर्नेछ ।

कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड र डेंगु रोग नियन्त्रण तथा उपचारको प्रभावकारी कार्यक्रम सञ्चानलन गर्न गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिई व्यवस्था मिलाउने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरणको उपलब्धबारे अनुगमन गर्न भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker