करिब ८ घण्टा पछि खुल्यो पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड

मर्स्याङदी नदीमा खसेको भारतीय नम्बरको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ३ घण्टाका लागि मात्रै बन्द गर्ने भनिए पनि ८ घण्टा खुलेको छ ।

आँवुखैरेनी–२ ऐनापहरामा दुर्घटनाग्रस्त भारतीय नम्बरको बस तोकिएको समयमै निकाल्न नसकिएकाले लामो समय राजमार्ग अवरुद्ध हुन पुगेको थियो ।

‘एउटा मात्र क्रेनले बस निकाल्न काम गर्दा क्रेनको तार चुडिएपछि थप दुई क्रेनको सहायतामा अहिले दुर्घटनाग्रस्त बस सडकमा ल्याइएको छ’, तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, ‘अब उक्त क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर राजमार्ग सुचारु गरिएको छ ।’

स्थानीय प्रशासनले तोकेको समय अवधिभन्दा बढी समयसम्म बाटो बन्द गरेर सवारी आवागमन बन्द गरिएपछि राजमार्गमा यात्रुहरु अलपत्र परेका थिए ।

तनहुँका प्रमुख जिल्ला अधिकारी गौतमले ३÷४ घण्टाको समयमा दुर्घटनाग्रस्त बस निकाल्न सकिन्छ होला भन्ने हिसावले काम अगाडि बढाइएको थियो तर, क्रेनको तार चुडिएकाले समस्या आएको छ । उनले भने, ‘अहिले आँवुखैरेनी–पोखरा सडक विस्तार योजनाको समेत क्रेन लगेर बस तान्ने काम भएकाले बस निकाल्न सहज भएको छ ।’

यही भदौ ७ गते पोखराबाट भारतीय तिर्थयात्रीहरु लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बरको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा भन्ने स्थानबाट मस्र्याङ्दीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । शवहरु संकलन गरी भारत लगिए पनि बस नदीमै छ । त्यसलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको थियो ।

बस निकाल्न आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने सूचना जिल्ला प्रशासन कार्यालय तनहुँ र डिभिजन सडक कार्यालयले जारी गरेका थिए । तर दिउँसो करिब २ः३० बजेमात्र दुर्घटनाग्रस्त बस निकाल्न सकिएको थियो ।

सडक नखुल्दा सवारी साधनहरुको लामो लाइन लागेको छ । सवारी साधनहरुलाई आँबुखैरेनी र डम्फिनमा रोकेर राखिएको थियो ।

सडक बन्द भएपनि विरामीहरुलाई मर्का नपरोस् भनेर सडकका दुवैतर्फ एम्बुलेन्सहरु राखिएका थिए । यदि कोही बिरामी भए उनीहरुलाई वारिपारि गराएर अस्पतालसम्म पु¥याउन सकियोस् भनेर एम्बुलेन्सको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker