तनहुँको व्यास-१४ मा पहिराले ट्याङ्की बगाउँदा खानेपानीको हाहाकार

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१४ मा रहेको डुम्रेबेसी कुलुङ खानेपानी आयोजनाको ट्याङ्की पहिराले क्षति हुँदा गाउँमा खानेपानी अभाव भएको छ । गत असार १७ गते गएको पहिराले ट्याङ्कीमा क्षति पुगेपछि गाउँमा खानेपानीको अभाव भएको हो । पहिराले खानेपानीको ट्याङ्की बगाउनुका साथै अन्य संरचनामा क्षति पुगेको छ । उक्त गाउँमा २० दिनदेखि खानेपानी हाहाकार भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तरबहादुर थापाले जानकारी दिए ।

विसं २०७१ मा नेपाल सरकारको रु ६८ लाखको लगानी र जनश्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको थियो । पहिराले ट्याङ्कीको लिफ्टिङमा आवश्यक पर्ने उपकरण र विद्युतीय सामग्री, पानी जम्मा गर्ने इन्टेक, फिल्टर सिस्टम, पानी लिफ्टिङ गर्नका लागि प्रयोग भएको विद्युतीय पोलसमेत बगाएको छ । ‘पानीको हाहाकार भएपछि स्थानीयवासी कुवाको पानी प्रयोग गर्न बाध्य भएका छन’, उनले भने, ‘जसकारण यहाँका स्थानीयवासीको दैनिकीमा पनि परिवर्तन आएको छ ।’

उक्त खानेपानी योजनाबाट ७० घरधुरीले पानी प्रयोग गर्दै आएका छन् । उनका अनुसार खानेपानीका समस्या भएपछि कुवामा पानी लिन जानुपर्छ, यसले गर्दा खानेपानीको जोहो गर्दैमा दिन बित्ने गरेको छ । व्यास नगरपालिका-१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले खानेपानी मर्मतका लागि पहल थालिएको जानकारी दिए । ‘खानेपानी योजनामा पहिराका कारण ठूलो क्षति भएको छ, जनतालाई खानेपानीको व्यवस्था गर्नका लागि तत्काल वडा कार्यालयबाट रु दुइ लाख ५० हजार र व्यास नगरपालिकाबाट रु पाँच लाख विनियोजन भइसकेको छ’, श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker