४३६ स्थानमा वन डढेलो

देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विहीबार ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ ।

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए । “आज पनि देशभर डढेलोको अवस्था बिकराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उनले भने, “पानी परेको छैन तर हावाहुरीका कारण डढेलो फैलिरहेको छ ।”

उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पा लगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन्। उनका अनुसार नेपालमा साधरणतया वर्षा दुइ हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरु हुन्छन् ।

“असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ”, शर्माले भने । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले बताए । प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो लागेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker