तनहुँको शुक्लागण्डकी स्थित रेडियो तनहुँको अध्यक्षमा श्रेष्ठ

तनहुँ सूचना समाज सहकारी संस्थामार्फत सञ्चालनमा आएको रेडियो तनहुँ ९७.२ मेगाहर्जको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ चयन हुनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ झरौटामा सञ्चालनमा रहेको रेडियोको अध्यक्षमा उहाँ चयन हुनुभएको हो ।

रेडियो प्रशारणमा आएको १५ वर्षपछि सञ्चालक समितिको नेतृत्व परिवर्तन भएको हो । शनिबार सम्पन्न १५औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनमार्फत श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा रेशमलाल पौडेल, सचिवमा लालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा सुजनकुमार श्रेष्ठ र सहसचिवमा नारायणदत्त अधिकारी चयन हुनुभएको छ ।

सदस्यमा समुन्द्रराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, उमाकान्त श्रेष्ठ, पूर्णबहादुर थापा, यामबहादुर खाँण, राजेश्वर खनाल, सुन्दर बस्याल र बलराम मिश्र चयन हुनुभएको छ । अधिवेशनमार्फत गायत्रीप्रसाद पौडेलको संयोजकत्वमा हुमबहादुर खड्का, माधवप्रसाद अधिकारी, सुरजकुमार श्रेष्ठ र कुलप्रसाद गुरुङ सदस्य रहने गरी लेखा समिति गठन गरिएको छ ।

अधिवेशनले रेडियोको स्थापनाकालदेखि अध्यक्ष भई कार्यकाल सम्हाल्नुभएका प्रा डा चन्द्रबहादुर थापालाई संरक्षकका रूपमा राख्ने निर्णयसमेत गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker