दमौलीमा श्रीकृष्ण नाच (फोटोफिचर)

तनहुँको दमौलीमा मंगलबार साँझ नेवार समुदायले श्रीकृष्ण नाच, कुमारी नाच, टाकटुके नाच, लाखे नाच प्रदर्शन गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा दमौलीमा बसोवास गर्ने नेवार समुदायका विभिन्न गुठीहरुले कृष्णको रथयात्रा सहित बालबालिकालाई कृष्ण र राधाको भेषभूषामा सजाएर साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ