एकदेव आले स्मृति प्रतिष्ठानको ११औं साधारणसभा सम्पन्न
भञ्ज्याङ समाचारदाता/दमौली

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्रतिष्ठानले एकदेव आलेको ५५औं स्मृति दिवसका अवसरमा शनिबार साधारणसभा गरेको हो ।
व्यास-३ स्थित एकदेव आलेको स्मारकमा माल्यार्पण गरी प्रतिष्ठानको केन्द्रीय कार्यालयको सभाकक्षमा आयोजित कार्यक्रमका वक्ताहरुले एकदेव आलेको योग्दानको चर्चा गरी स्मरण गरेका थिए ।
उक्त कार्यक्रममा संस्थाका संरक्षक एवं नेकपा एकीकृत समाजबादीका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय किसन शर्मा र राजेन्द्र केसरी न्यौपाने, नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्य एक वहादुर राना, नेपाली कांग्रेस तनहुँका उपसभापति देव कुमार श्रेष्ठ, एमाले तनहुँका उपसचिव प्रदिपराज अधिकारी, संस्थाका सल्लाहकार संयोजक श्रीराम कार्की, आले परिवारका सदस्य एवं संस्थाका सल्लाहकार सदस्य मोहन सिंह आले, नेकपा (मशाल)का नेता एवं संस्थाका सल्लाहकार पुष्पलाल श्रेष्ठ, सल्लाहकार रामचन्द्र सापकोटा, व्यास नगरपालिका-३ का वडा अध्यक्ष अनुप रानाले एकदेव आलेको विषयमा आफ्ना विचारहरु व्यक्त गरेका थिए ।

यस्तै, उक्त अवसरमा संस्थागत विकासमा महत्त्वपूर्ण योगदान गर्नुहुने वन्दिपुर-१ का गोविन्द प्रसाद अधिकारी, म्याग्दे-३ का लक्ष्मण अधिकारी र व्यास-३ का पूर्ण प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियोे । प्रतिष्ठानले भिमाद-५ का किसन शर्मा (बालकृष्ण गैह्रे)लाई आजिवन सदस्यता प्रदान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष बिष्णुभक्त सिग्देलको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन, कोषाध्यक्ष गजेन्द्र पन्थद्वारा प्रस्तुत आर्थिक प्रतेवेदन सर्वसम्मत पारित भएको प्रतिष्ठानका महासचिव सृजना सिग्देलले जानकारी गराइन ।










