म्याग्दे गाउँपालिकामा गरिवी निवारणका लागि अभिमुखीकरण कार्यक्रम

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकामा गरिवी निवारणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । ‘सिप सिकौं, व्यवसाय गरौ, उद्यम बनौं भन्ने मुल नाराका साथ वडा नं. ७ को स्वामिभञ्ज्याङ्गमा उक्त कार्यक्रम गरिएको हो ।

गाउँपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत आयोजित अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कुनै पनि सानो ठुलो व्यवसायमा सकारात्मक सोच राखेर अगाडी बढ्ने हो भने सफलता पाइने बताए ।

‘काम आफैमा सानो ठुलो हुदैन, यसका लागि सकारात्मक सोच र इच्छाशक्ति हुनु जरुरी छ’, अध्यक्ष श्रेष्ठले भने, ‘सिप नै जीवनको मुख्य आधार भएको हुँदा हातमा सिप हुनेहरु कहिल्यै खाली वस्नु पर्दैन । सिकेका सिपको निरन्तरता र व्यवहारिक कार्यान्वयनले यसको महत्व हुने हुँदा तालिम लिएर मात्र हैन, त्यसको अभ्यासले स्वालम्बि बन्न सक्नुपर्दछ ।’

वडा अध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले गरिवी निवारणका लागि गरिएको यो अभिमुखीकरण कार्यक्रम अत्यन्त फलदायी भएको बताए । सानो सानो लगानी गरेर पनि सफल हुन सकिने हुँदा त्यसका लागि मुख्य आधार भनेका सिप नै भएको हुँदा सिकेको सिपलाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।

कार्यक्रममा नयाँ उद्यमी ८० जना र पुराना उद्यमी ५० जना सहभागी रहेको लघु उद्यम विकास कार्यक्रम -मेड्पा)का फोकल पर्सन प्रदिप न्यौपानेले बताए । उनलका अनुसार गाउँपालिकाले सबै वडामा यस प्रकारका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker