बन्दीपुरमा “बाख्रा साटासाट” कार्यक्रम

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न समुदायको जीवनस्तर उकास्ने तथा स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘बाख्रा साटासाट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका–१ अन्तर्गत आरुबोटे र बानियाटारका २४ जना किसानलाई उक्त कार्यक्रम अन्तर्गत बाख्रा, पाठा, उन्नत जातका बोका र निःशुल्क बीमा उपलब्ध गराइएको हो ।
पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख मधुविलास न्यौपानेका अनुसार बाख्रा साटासाट कार्यक्रम अन्तर्गत हरेक किसानले एकदेखि डेढ वर्षभित्र एउटा पाठा फिर्ता गर्नुपर्नेछ, जुन गाउँपालिकाले अर्को नयाँ किसानलाई वितरण गर्नेछ। यसरी बाख्रा साटासाट कार्यक्रम प्रत्येक वर्ष पुनःचक्रमा सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाले प्रत्येक कृषकलाई रु १० हजार मूल्य बराबरको बाख्रा तथा प्रति उन्नत बियाड बोका रु ५० हजारको दरले उपलब्ध गराएको छ । साथै, गाउँपालिकाले सबै बाख्राको निःशुल्क बीमा समेत गरेको छ ।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यो कार्यक्रम विशेषगरी जनजाति, आदिवासी र दलित समुदायका विपन्न परिवारलाई लक्षित गरिएको जानकारी दिए। उपाध्यक्ष पञ्चमाया गुरुङले कार्यक्रमले समुदायका परिवारहरूलाई आत्मनिर्भर बनाउन र स्थानीय आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
यस अतिरिक्त गाउँपालिकाले निःशुल्क कुकुर बन्ध्याकरण, रेबिज रोग नियन्त्रण खोप, सम्पूर्ण पशुमा निःशुल्क खोप सेवा, बाख्रा र बंगुरपालनसम्बन्धी तालिम, महामारी तथा आकस्मिक पशु रोग उपचार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पशुजन्य रोग मानिसमा सर्न सक्ने भएकाले विद्यालयस्तरमै सचेतना कार्यक्रम पनि चलाइएको गाउँपालिकाले जनाएको छ । साथै, गाउँपालिकाले दुग्ध उत्पादनमा आत्मनिर्भरता अभिवृद्धिका लागि गाईपालक कृषकलाई उत्पादनको आधारमा प्रति लिटर दूधमा रु १.५ अनुदान प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker