दुलेगौँडामा स्कुटर र मोटरसाइकल ठक्कर खाद स्कुटर चालकको निधन

भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दुलेगौँडामा आइतबार विहानै स्कुटर र मोटरसाइकल ठक्कर खाँदा गम्भिर घाइते भएका शुक्लागण्डकी ८ ढोरफिर्दीका सन्देश भट्टराईको निधन भएको छ ।

उनको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए । मोटरसाइकलमा सवार अमृत श्रेष्ठको टाउकोमा चोट लागेको छ । प्रहरी निरीक्षक रेग्मीका अनुसार उनी अहिले होसमा आएर बोल्न थालेका छन् । श्रेष्ठको गण्डकी अस्पतालमै उपचार भइरहेको छ ।

गाछेपानीबाट आउँदै गरेको ग१३प ६२५ नं को स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ग१९प ३७०६ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घट्ना भएको हो । घट्नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker