करेन्ट लागेर भैंसी मरे

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुइ वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो ।

नेपाल बिद्युत प्राधिकरण सिसाघाटको लापरबाहीका कारण आहाले लाखुरी भन्ने ठाउँमा बिद्युतको तार लत्रिएको अवस्थामा चर्दैगरेका भैँसीलाई करेन्ट लागेको स्थानीय किसान थापाले बताए । उनले भने, ‘करिब रु ६० हजार मूल्य पर्ने भैँसी करेन्ट लागेर गुमाउनु परेको छ।”

घटनापश्चात् तत्काल सिसाघाट विद्युत् प्रविधिकरणमा जानकारी गराएपछि समितिले नियम अनुसार रु ४० हजार क्षतिपूर्ति दिने सहमति भएको स्थानीय विष्णुबहादुर अधिकारीले बताए । स्थानीयवासी, उपभोक्ताले पटक-पटक जानकारी दिँदा पनि बेवास्ता गर्दै आएका कारण उक्त दुर्घटना हुन गएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker