धादिङ दुर्घटना अपडेट : आठ जनामध्ये ४ जनाको सनाखत, १७ जना घाइते

भञ्ज्याङन्यूज

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा यात्रुबाहक बस त्रिशुलीमा खस्दा ८ जनाको ज्यान गएको छ । काठमाण्डौंबाट पर्वत म्याग्दी बेनीतर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशुलीमा खस्दा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरु आठ जना मध्ये दुइ जना महिला ६ जना पुरुष रहेका छन् । ४ जनाको सनाखत भएको डिएसपी जैसवारले जानकारी दिए । मृत्यु हुनेमा म्याग्दी रघुगंगा गाउँपालिका–३ का ५० वर्षिय थान बहादुर भण्डारी, पर्वत मोदी गाउँपालिका–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, गजुरी गाउँपालिका–८ धादिङका २४/२५ वर्षिय सुसिल रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा रहेका छन् । अन्य चार जनाको सनाखत हुन बाँकी रहेको डिएसपी जैसवारले बताए ।

दुर्घटनामा परी पाँच जना गम्भिर र १२ जना मध्यम तथा सामान्य घाइते बनेका छन् । गम्भिर घाइते हुनेहरुमा म्याग्दी अन्नपुर्ण गाउँपालिका–३ की २२ वर्षिय अञ्जु राना मगरको टाउकोमा चोट, म्याग्दी गरुङ्गंगा गाउँपालिका–७ का २९ वर्षिय प्रविन पुन टाउकोमा चोट लागेको छ । अन्य तीन जनाको नाम बतन खुलेको छैन । करिव ३०/४० वर्षिय महिलाको शरिरको बिभिन्न भागमा चोट लागेको, ३०/३५ वर्षको पुरुष शरिरको बिभिन्न भागमा चोट र ३५/३६ वर्षको पुरुषको टाउको र हातमा चोट लागेर गम्भिर घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाण्डौं लगिएको छ ।

मोदी गाउँपालिका–१ का ४१ वर्षिय गुरुदत्त शर्मा पौडेल, म्याग्दी बेनि नगरपालिका–६ का ३० वर्षिय दिपक थापा, म्याग्दी बेनी नगरपालिका–३ का २४ वर्षिय पुर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका–१ का १९ वर्षिय कुशल अधिकारी, म्याग्दी मंगला गाउँपालिका–२ की १६ वर्षिय गिता जंजाली मगर, बाग्लुङकी १९ वर्षिय शुष्मा क्षेत्री, पर्वत फलेवास नगरपालिकाका ६३ वर्षिय हरिकला गौडेल, म्याग्दी रघुगंगा–६ की २३ वर्षिय रिना रानामगर, काठमाण्डौ कृतिपुर नगरपालिका–९ का ५२ वर्षिय खड्क कुमार श्रेष्ठ, बाग्लुङ गलकोटका ६८ वर्षिय ज्ञानु बुढामगर, बंगलादेश बस्ने ३२ वर्षिय मोहमद हजिरहुल घाइते बनेका छन् ।

बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का ३४ वर्षिय रोशन तामाङ सकुशल उद्वार गरी प्रहरीले नियन्त्रणमा लिएको डिएसपी जैसवारले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker