तनहुँमा शैक्षिकसत्रअगावै पाठयपुस्तक आइपुगे

भञ्ज्याङन्यूज

आगामी शैक्षिकसत्र सुरु हुनुअगावै तनहुँमा पाठयपुस्तक आउने भएको छ । शैक्षिकसत्र २०८१ सुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठयपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासंघले जनाएको छ ।

निजी क्षेत्रले प्रकाशन गरेका सबै पाठयपुस्तक जिल्ला भित्रिसकेको भन्दै जनकशिक्षा सामग्रीले प्रकाशन गरका पुस्तक केन्द्रमार्फत सोमबार जिल्लामा आइपुग्ने महासंघका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले बताए । उनका अनुसार कक्षा १ देखि ४ सम्मका सबै पाठयपुस्तक आइसकेका छन् ।

श्रेष्ठले भने, “पोखरास्थित जनकशिक्षा सामग्रीबाट आज कक्षा ५ देखि १० सम्मका पाठयपुस्तक आइपुग्छन् । जिल्लाका पुस्तक व्यवसायीले त्यसका लागि शुल्क बुझाइसकेका छन् । पाठयपुस्तक आएपछि विद्यालयमा पुस्तक वितरण थाल्छौँ ।” तनहुँमा ६५ पुस्तक व्यवसायी छन् । सबै व्यवसायीले रकम भुक्तानी गरिसकेकाले सबैलाई छुट्टाछुट्टैरुपमा पुस्तक आउने श्रेष्ठले बताए । सबै पुस्तक आइसकेपछि व्यवसायीले विद्यालयमा पुस्तक वितरण गर्नेछन् ।

जिल्लामा समयमै पाठयपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज कट्टेलले बताए । उनले भने, “पुस्तक व्यवसायीले चैत २० गतेभित्र सबै पुस्तक ल्याउँछौँ भन्नुभएको छ । पुस्तक आएपछि वितरणका लागि इकाइले सहमति दिएसँगै वितरण थालिनेछ ।” इकाइका अनुसार तनहुँमा ५५१ सामुदायिक र ११९ निजी विद्यालय छन् ।

यस्तै, आँबुखैरेनी गाउँपालिका-६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भर्ना अभियानसँगै विद्यार्थीलाई पाठयपुस्तक वितरण गरिने जानकारी दिए। उनले भने, “अहिले वार्षिक परीक्षा अन्तिम चरणमा छ। चैत २७ गते नतिजा प्रकाशन भएपछि यो महिनाभित्रै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउछौँ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker