तनहुँका सबै मतदान केन्द्रमा पुगे कर्मचारी र आवश्यक सामाग्री, मतदान अधिकृतले गरे सर्वदालीय बैठक

भञ्ज्याङ न्यूज

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आवश्यक तयारी पुरा गरिएको छ । तनहुँका १४२ वटै मतदान स्थलमा कायम गरिएको मतदान केन्द्रमा मतदानका लागि आवश्यक पर्ने सामाग्री सहित कर्मचारी पुगेका छन् ।

निर्वाचनमा खट्टएिका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी तथा कर्मचारीहरु विहीबार मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र निर्वाचनका आवश्यक सामाग्र सहित आ-आफ्ना मतदान केन्द्रमा पुगेका थिए ।

मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरुले शुक्रबार मतदान केन्द्रमा सर्वदलीय बैठक गरी मतदान कार्यलाई के कसरी अगाडि बढाउने भन्ने विषयमा आवश्यक निर्णय गरेका छन् ।

व्यास-१२ स्थित श्री सिद्धेश्वरी माध्यमिक विद्यालय कमलवारी मतदान केन्द्रका मतदान अधिकृत एवं भानु नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले सर्वदलीय बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् ।

मंसीर ४ गते आइतबार बिहान ७ बजेबाट हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, मर्यादित र निष्पक्षरूपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगबाट जारी आचारसंहितालाई पालना गर्दै गराउँदै निर्वाचन सम्पन्न गराउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाइएको पौडेलले बताए ।

तनहुँका २ वटै निर्वाचन क्षेत्रमा रहेको १४२ मतदान स्थलमा कायम गरिएको ३०५ मतदान केन्द्रमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरूको सहभागितामा बसेको बैठकले मतदान कार्यक्रमलाई भयरहित, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सफल बनाउने प्रतिवद्धता जनाएका छन् ।

तनहुँमा कायम गरिएका १४२ वटा मतदान स्थललाई तीन वर्गमा वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।

प्रजिअ अर्यालका अनुसार तनहुँका ६ वटा मतदान स्थल अतिसंवेदनशिल, ५२ वटा मतदान स्थल संवेदनशिल र ८४ वटा मतदान स्थललाई सामान्यमा वर्गीकरण गरिएको छ । निर्वाचनका लागि ३३३ जना सशस्त्र प्रहरी, ४८६ जना नेपाली सेना, ७७८ जना नेपाल प्रहरी र १ हजार ३९२ जना म्यादी प्रहरी खटाइएको उनले बताए ।

तनहुँको १० स्थानीय तहका ८५ वटा वडाकमा रहेका १४२ मतदान स्थलमा कायम गरिएको ३०५ मतदान केन्द्रबाट २ लाख ४८ हजार ४९५ जना मतदातालाई मतदान गरनाउनका लागि २ हजार ४४० जना कर्मचारी खट्टएिका छन् ।

२ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् ।

तनहुँको निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ४९० र निर्वाचन क्षेत्र नं. २ मा १ लाख २५ हजार ५ जना गरी २ लाख ४८ हजार ४९५ जना मतदाता रहेका छन् । क्षेत्र नं. १ मा ६९ मतदान स्थलमा १५२ वटा मतदान केन्द्र कायम गरिएको छ भने क्षेत्र नं. २ का ७३ मतदान स्थलमा १५३ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले मंसिर ४ गतेको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा जुटेका छन् । यता राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु पनि आ-आफ्नो पक्षमा भोट माग्न तथा जोडघटामाउ लागि परेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker