बन्दीपुर अस्पतालमा ३६५ दिननै सेवा

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको बन्दीपुर अस्पतालले ३६५ दिन नै सेवा प्रदान गरेको छ । बन्दीपुर गाउँपालिका मातहत रहेको अस्पतालले शनिबार र सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले २३ हजार ९८० जनालाई सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा अनिल गिरीले जानकारी दिए । उनका अनुसार नियमित बहिरङ्ग सेवातर्फ १२ हजार १७१ तथा अतिरिक्त बहिरङ्ग सेवातर्फ ११ हजार ८०९ जनाले सेवा लिएका छन् ।

नियमित बहिरङ्ग सेवातर्फ बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म टिकट काटेर सेवा प्रदान गरिएको हो भने अतिरिक्ततर्फ कार्यालय खुल्ने दिन बिहान ७ बजेदेखि बिहान १० बजेसम्म, दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म र सार्वजनिक बिदाको दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा प्रदान गरिएको डा गिरीले जानकारी दिए ।

डा गिरीका अनुसार साउनमा दुई हजार ९९, भदौमा दुई हजार तीन सय १५, असोजमा दुई हजार १८५, कात्तिकमा एक हजार ९९६, मङ्सिरमा एक हजार ९७७, पुसमा एक हजार ८९१, माघमा एक हजार ९०५, फागुनमा एक हजार ८१८, चैतमा एक हजार ८८८, वैशाखमा एक हजार ८८०, जेठमा दुई हजार २१ र असारमा दुई हजार पाँच जनालाई सेवा प्रदान गरिएको थियो ।

अस्पतालले सेवाग्राहीको सहज पहुँचलाई ध्यानमा राख्दै तीन चरणमा सेवा सञ्चालन गर्दै आएको छ । डा गिरीका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म अतिरिक्त सेवा, बिहान १० बजदेखि दिउँसो २ बजेसम्म नियमित सेवा र दिउँसो २ बजेदेखि राति ८ बजेसम्म अतिरिक्त सेवा प्रदान गरिँदै आएको छ ।

सार्वजनिक बिदाका दिन पनि बिहान ७ बजेदेखि राति ८ बजेसम्म सेवा उपलब्ध गराइएको छ । यो सेवा विशेषगरी कर्मचारी, विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर, व्यवसायी तथा गृहिणीलाई लक्षित गरी सञ्चालन गरिएको डा गिरीले बताए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker