विश्वकपमा ३२ वर्षपछि पहिलो खेलमै पराजित भयो अर्जेन्टिना, सुरुवाती अग्रता लिएर ६४ वर्षपछि पहिलो हार

एजेन्शी

कतार विश्वकपकै एक स्तब्धपूर्ण नतिजाका रुपमा साउदी अरबले मंगलबार साँझ दुइपटकको विजेता अर्जेन्टिनालाई २-१ गोलले हराएको छ । समूह सीको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएर पनि जोगाउन सकेन ।

साउदी अरबले दोस्रो हाफको सुरुवातमै दुइ शानदार गोल गर्दै अर्जेन्टिनालाई पछाडि पारेको थियो। त्यसअघि पहिलो हाफमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाले विश्वकप फुटबलमा ३२ वर्षपछि पहिलो खेलमै हार ब्यहोरेको थियो । यसअघि सन् १९९० को विश्वकपमा अर्जेन्टिना पहिलो खेलमै पराजित भएको थियो । त्यतिबेला अफ्रिकी टोली क्यामरुनले अर्जेन्टिनालाई १-० गोलले हराएको थियो । तर त्यतिबेला अर्जन्टिना पछि फाइनलसम्म पुगेको थियो ।

यस्तै अर्जेन्टिनाले विश्वकपका खेलमा सुरुवाती अग्रता लिएर हार ब्यहोरेको ६४ वर्षपछि पहिलोपटक हो। यसअघि सन् १९५८ मा अन्तिमपटक अर्जेन्टिना सुरुवाती अग्रता लिएर पनि पराजित भएको थियो । कतार विश्वकपअघि अर्जेन्टिना शानदार लयमा थियो । उसले ३६ खेलयता हार ब्यहोरेको थिएन र साउदी अरबसँग बराबरी मात्र खेलेको भए अन्तर्राष्ट्रिय फुटबलमा र्सवाधिक खेलको अपराजित यात्राको विश्व कर्ीर्तिमान बराबरी गर्ने थियो ।

यसअघि अर्जेन्टिनाले अन्तिमपटक सन् २०१९ मा ब्राजिलसँग हार ब्यहोरेको थियो कोपा अमेरिकाको सेमिफाइनलमा। यता साउदी अरब भने खराब लयबीच कतार विश्वकप खेल्न पुगेको थियो । साउदी अरबले पछिल्ला १० खेलमा केवल २ जित मात्र हात पार्न सकेको थियो ।

साउदी अरब विश्वकप फुटबलमा एकपटक मात्र समूहगत चरण पार गरेको इतिहास छ । पहिलो सहभागितामै सन् १९९४ मा साउदी अरब प्रिक्वाटरफाइनलसम्म पुगेको थियो । त्यसपछिका लगातार तीन संस्करणमा सहभागी भएपनि पहिलो चरण पार गर्न सकेको थिएन।

सन् २०१० र २०१४ को विश्वकपमा छनोट हुन नसकेको साउदी अरबले सन् २०१८ को सहभागितामा एक जित हात पारेपनि फेरी पहिलो चरण पार गर्न सफल भएन । अब समूहमा अर्जेन्टिना र साउदी अरब दुवैले पोल्यान्ड र मेक्सिकोसँग खेल्नेछन् ।

यस्तै, कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् । मङ्गलवार एडुकेसन सिटी स्टेडियममा सम्पन्न खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसरहरू सृजना गरेका थिए । तर, फिनिसिङमा चुक्दा दुवै टिमले समूह ‘डी’ मा अंक बाँडेका हुन् । पहिलो हाफमै डेनमार्कले पहिलो हाफमा र दोस्रो हाफमा एक/एक गोल गरेको थियो तर, अफसाइड हुँदा रेफ्रीले मान्यता दिएनन् ।

डेनमार्क र ट्युनिसिया विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् । यसअघि, २० वर्ष अगाडी प्रतिस्पर्धा गर्दा डेनमार्कले २-१ गोलको नतिजामा पराजित गरेको थियो । डेनमार्क अफ्रिकन टिमसँग विश्वकपमा आजसम्म पराजित हुन परेको छैन । यस्तै, ट्युनिसियाले यसअघि विश्वकपमा युरोपियन टिमसँग प्रतिस्पर्धा गरेको थिएन ।

यो डेनमार्कको फिफा विश्वकपमा छैटौँ पटक सहभागिता हो र सन १९९८/२००२ पछि लगातार दुइ पटक छनोट भएको यो पहिलो पटक हो । समूह चरण अन्तर्गत आफ्नो दोस्रो खेलमा डेनमार्कले शनिवार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ भने, ट्युनिसियाले शनिवार नै अष्ट्रेलियासँग खेल्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker