अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको बलियो प्रतिद्वन्द्वी मध्येको एक दक्षिण अफ्रिकासँग पहिलो पटक सामना गर्दा अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा १ रनले पराजित भएको छ।

टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट स्थित आर्नोस भाले रङ्गशालामा दक्षिण अफ्रिकाका अग्ला खेलाडीहरुका माझ मध्यम उचाइका नेपाली खेलाडीको लहर एकै स्थानमा उभिएर राष्ट्रिय गान गाएपछि सुरु भएको थियो नयाँ टेस्ट प्रतिद्वन्द्वीसँग नेपालको प्रतिस्पर्धा।

नेपालले सुरुमा कसिकसाउ बलिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रनमा रोकेको थियो।

जवाफमा २० ओभरमा नेपालले ११४ रन बनायो। अन्तिम दुई बलमा रन जोड्न नसक्दा ऐतिहासिक विजयको नजिक भएर पनि नेपाल पराजित भएको थियो।

भुर्तेलले ४ तथा ऐरीले ३ विकेट लिएपछि ६ अङ्कसहित समूह डीको शीर्षस्थानमा अनुमान गरेजस्तो स्कोर बनाउन सकेनन्। सुरुमा नेपालले कसिकसाउ बलिङ गर्‍यो।

एउटा इन्डबाट तीव्र गतिका बलर सोमपाल कामी र अर्को इन्डमा स्पिनर दीपेन्द्र सिंह ऐरीलाई प्रयोग गरिँदा सुरुआतमा दक्षिण अफ्रिकी ब्याटरहरू खुलेर खेल्न सकेनन्।

यसैबेला ३.४ ओभरमा ऐरीले क्विन्टन डि ककलाई ‘कट् एन्ड बोल्ड’ को सिकार बनाएर टोलीलाई पहिलो सफलता दिलाए।

आइपीएलमा लखनउ सुपर जायन्ट्सबाट खेल्ने उनी दक्षिण अफ्रिकाका  मुख्य हतियार मध्येका एक थिए।

कप्तान रोहित पौडेलले प्रतिद्वन्द्वीका खतरनाक ब्याटरविरुद्ध एकपछि अर्को स्पीनरलाई प्रयोग गरेका थिए। तिनीहरू सन्दीप लामिछाने, कुशल मल्ल, ऐरीसहित कुशल भुर्तेल थिए।

दक्षिण अफ्रिकाको पहिलो छक्का ७.४ ओभरमा आएर मात्र आएको थियो। ओपनर रेजा हेन्ड्रिक्सले मल्ललाई ‘डीप स्क्वायर’ मा हानेको सो छक्का कप्तान रोहितले झन्डै समाप्त प्रयास गरेका थिए।

दुई जीवनदान

१०.५ ओभरमा कुशल भुर्तेलले यस्तो सजिलो क्याच ड्रप गरे कि कसिकसाउ बलिङको क्रम जारी रहेको बेला त्यो नेपाली समर्थकका लागि ‘उफ्’ स्थिति थियो।

क्रीजमा सम्हालिएर खेलिरहेका दक्षिण अफ्रिकी हेन्ड्रिक्सले सो जीवनदान पाएका हुन्।

अभिनाश बोहराले फ्यालेको सो बल ‘लङ अफ’ मा रहेका कुशल भुर्तेलले फुत्काए र त्यो बल चौका हुन पुग्यो।

१२.२ ओभरमा अर्का खेलाडी हेनरिक क्लासेन २ रनमा जीवनदान पाएका थिए।

सन्दीप लामिछानेको बलमा सोमपाल कामीले ‘ब्याकवार्ड प्वाइन्ट’ मा दायाँ हातले समातेको बल फुत्केको थियो। यद्यपि त्यो गाह्रो क्याच थियो।

झन्डै फुत्केको क्याच

त्यसो त नेपालको फिल्डिङलाई विश्वस्तरीय मानिन्छ। तर करण केसीले झन्डै अर्को क्याच छुटाइसकेका थिए।

१३.२ ओभरमा भुर्तेलको बलमा कप्तान हेनरिक क्लासेनले छक्का प्रहार गर्न खोज्दा बल ‘लङ अफ’ मा रहेका करण केसी तिर गयो।

तर पहिलो प्रयासमा करणको हातबाट बल फुत्कियो।  अनि दोस्रो र तेस्रो प्रयासमा बल भुईँमा खस्नु अगाडि उनले क्याच समाइ छाडे। त्यो रोचक क्षण थियो।

टोलीमा एकमात्र परिवर्तन

प्रशिक्षक मोन्टी देशाईले टोलीमा सन्दीप लामिछानेलाई समावेश गर्दै स्पिनर सागर ढकाललाई बेन्चमा राखेका छन्।

टोलीमा अरू परिवर्तन गरिएको छैन। ललित नारायण राजवंशीले दक्षिण अफ्रिका विरुद्धको खेलमा पनि मौका पाएनन्।

अङ्क तालिका कस्तो छ

बलिया टोलीहरू रहेकाले नेपाल रहेको ‘समूह डी’लाई ‘ग्रूप अफ डेथ’ मानिएको छ।

समूह चरणमा हालसम्म खेलेका तीन खेल जितेर शीर्षस्थानमा रहँदै दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेको छ।

तीनमध्ये दुई खेल जितेको बाङ्ग्लादेशले चार अङ्क जोड्दै आफूलाई बलियो स्थानमा उभ्याएको छ। अब बाङ्ग्लादेशले नेपालसँग खेल्न बाँकी छ।

जम्मा एक खेल जितेको नेदरल्यान्ड्स दुई अङ्कसहित तेस्रो स्थानमा छ। उसले श्रीलङ्कासँग खेल्न बाँकी छ।

नेदरल्यान्ड्ससँग पराजित नेपालले वर्षाका कारण श्रीलङ्कासँग एक अङ्क बाँडेको थियो।

समूहका शीर्ष दुई टोली दक्षिण अफ्रिका र बाङ्ग्लादेशसँगको प्रदर्शनले नेपालको यो विश्वकप यात्राको भावी दिशा निर्धारण गर्ने छ।

कुनै पनि खेल नजितेको श्रीलङ्का रनरेटको आधारमा नेपालभन्दा तल छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker