अध्यक्ष म्याग्दे कप २०७८ तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि राधा माविले जित्यो

प्रथम अध्यक्ष म्याग्दे कप २०७८ तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि राधा माध्यमिक विद्यालयले जितेको छ । मनहरीको आदर्श नमुना युवा क्लवको खेलमैदानमा बिहीवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ७ रजत र ४ काश्य सहित राधाले उपाधि हात पारेको हो । उक्त प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ७ कास्य सहित जनगणपति मावि द्वितीय भएको छ भने ५ स्वर्ण, ६ रजत र १० कास्य सहित मीन मावि तृतीय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
यस्तै वडा स्तरीय पुरूष भलिबल प्रतियोगितामा वडा नं. ७ प्रथम, वडा नं. ५ द्वितीय र वडा नं. ६ तृतीय भएका छन् भने महिला भलिबलमा वडा नं. ५ प्रथम, वडा नं. २ द्वितीय र वडा नं. ६ तृतीय भएको अधिकारीले बताए । बिजेता टिमलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार रुपैयाँ नगद तथा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक एवं योजना शाखा प्रमुख श्रीराम खनालले बताए ।
प्रतियोगिताका बिजेताहरूलाई कार्यक्रमका म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पुरस्कार बितरण गरेको शिक्षा शाखा प्रमुख बुद्धि सागर खनालले बताए ।
प्रतियोगितामा छात्र कब्बडि तर्फप्रथम मीन मावि थर्पु, द्वितीय रत्न मावि मनपाङ र तृतीय राधा मावि जामुने भएका छन् । यस्तै छात्रा कब्बडि तर्फराधा मावि जामुने प्रथम, मीन मावि थर्पु द्वितिय र महेन्द्र मावि गुणादी तृतीय रहेका छन् । छात्र भलिबल तर्फप्रथम मीन मावि थर्पु, द्वितीय गणेश मावि छाङ्ग र तृतीय जनगणपति मावि धयेंरे रहेका छन् । यस्तै छात्रा तर्फमीन मावि थर्पु प्रथम, राधा मावि जामुने द्वितीय र महेन्द्र मावि गुणादी तृतीय रहेको शिक्षा शाखाका महेश भट्टर्राईले बताए।
हाइजम पुरूष तर्फजनगणपति मावि प्रथम, महेन्द्र मावि द्वितीय र तृतीय राधा मावि रहेका छन भने छात्रातर्फमहेन्द्र मावि प्रथम, जनगणपति मावि द्वितीय र मीन मावि तृतीय रहेका छन् । छात्र लङजममा जनगणपति प्रथम, राधा मावि द्वितीय र मीन मावि तृतीय भएका छन् । यस्तै छात्रामा राधा मावि प्रथम, महेन्द्र मावि द्वितीय र मीन मावि तृतीय रहेका छन् । त्रिपलजम पुरूष तर्फमहेन्द्र मावि प्रथम, जनगणपति मावि द्वितीय र मीन मावि तृतीय रहेका छन् ।
यस्तै छात्रा तर्फराधा मावि प्रथम, महेन्द्र मावि द्वितीय र मीन मावि तृतीय भएका छन् । ज्यावलिङ थ्रो छात्र तर्फराधामावि प्रथम, महेन्द्र मावि द्वितीय र मीन मावि तृतीय भएका छन् । यस्तै छात्रा तर्फमहेन्द्र मावि प्रथम, राधा मावि द्वितीय र जनगणपति मावि तृतीय भएका छन् छात्र र्सटजममा गणेश मावि महेन्द्र मावि राधा मावि क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् ।
त्यस्तै छात्रा तर्फप्रथम राधा मावि, द्वितीय जनगणपति मावि र तृतीय महेन्द्र मावि रहेका छन् । रिले दौड छात्र तर्फजनगणपति मावि प्रथम भएको छ भने छात्रा तर्फमहेन्द्र रत्न, छात्रातर्फराधा मावि प्रथम, मीन मावि द्वितीय, जनगणपति तृतीय मावि रहेका छन् । रिलेकै छात्रमा राधा मावि प्रथम, द्वितीय मीन मावि छन् । छात्रा तर्फराधा मावि, महेन्द्र मावि र जनगणपति मावि क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । जनगणपति मावि प्रथम सय मिटर दौडमा प्रथम, द्वितीय राधा मावि र तृतीय मीन मावि छन् । यस्तै छात्रामा मीन, राधा र महेन्द्र मावि क्रमश प्रथम द्वितीय र तृतीय भएका छन् । छात्र दुइ सय मिटर दौडमा जनगणपति मावि प्रथम, राधा मावि द्वितीय र मीन मावि तृतीय रहेका छन् भने छात्रा तर्फमीन मावि प्रथम, राधा मावि द्वितीय र गणेश मावि तृतीय भएका छन् ।
चारसय मिटर दौडमा महेन्द्र मावि प्रथम, द्वितीय राधा मावि र मीन मावि तृतीय भएको छन् । छात्रा ४०० मिटरमा राधा मावि प्रथम, रत्न मावि द्वितीय र जनगणपति मावि तृतीय भएका छन् । ८०० मिटर छात्र तर्फराधा मावि प्रथम, मीन मावि द्वितीय र जनगणपति मावि तृतीय भएको संयोजक खनालले बताए । यस्तै छात्रा तर्फराधा मावि प्रथम, मीन मावि द्वितीय र महेन्द्र मावि तृतीय भएका छन् । १५०० मिटर छात्रतर्फराधा मावि प्रथम, मीन मावि द्वितीय र जनगणपति मावि तृतीय भएका छन् । यस्तै छात्रा तर्फजनगणपति मावि प्रथम, द्वितीय रत्न मावि र तृतीय मीन मावि रहेका छन् । छात्र करांते ४२ केजी राधा मावि प्रथम र महेन्द्र मावि द्वितीय भएका छन्।